सुन प्रकणको छानबिन गर्न उच्चस्तरीय समिति गठनका लागि सरकारको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसदीय समितिले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।

यही ३ साउनमा एक सय किलो अवैध सुन बरामद भएको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करीको आशंका गरिएको छ । सोही विषयप्रति समितिले चासो राख्दै छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?