प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच आज पनि भेटबार्ता हुने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता हुने भएको छ ।

संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डका बिच बालुवाटारमा भेटबार्ता हुन लागेको  हो ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बिच भेटबार्तामा मुख्यतः सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने बिषयमा छलफल हुनेछ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदा पनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकिरहेको बेला दुबै नेता बिच भेट बाक्लिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?