सुन प्रकरण छानबिन गर्न समिति बनाउनुपर्ने एमालेको अडानपछि प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले सुन प्रकरण छानबिन गर्न समिति बनाउनुपर्ने अडान लिएपछि आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित बस्दै नबसी स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको थियो। तर बैठक बस्दै नबसी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार दिउँसो १ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित गरिएको बताउनु भयो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो।

संसदको गतिरोध हटाउने विषयमा उहाँहरूबीच कुराकानी भएको थियो। तर, प्रधानमन्त्री दाहालले स्पष्ट जवाफ नदिनुभएको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?