जिल्ला अस्पताल बझाङमा समयमै उपचार पाउन मुस्किल

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 6 mins

बझाङ । जिल्ला अस्पताल बझाङमा उपचार गराउन आउने विरामीले उपचार सेवा पाउन सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

शनिबार जयपृथ्वी नगरपालिका – ७ धौनाउँकी २२ बर्षिय गर्भवती महिला सुनिता बोहरा पेट दुख्ने र रक्तस्रावको समस्या देखिएपछि अपचार गराउन भन्दै श्रीमानसंगै जिल्ला अस्पताल बझाङ आउनु भयो । उहाँका श्रीमानले उहाँलाई इमर्जेन्सी वार्डमा राखेर पुर्जा काट्न काउन्टर पुग्नुभयो । तर टिकट काट्ने कर्मचारीले विद्युत् छैन, अबको २ घण्टापछि विद्युत् आउँछ पर्खनुहोस् भनेर रोके, अत्याधिक रक्तस्राव भएर पेट दुख्ने समस्याले पिडामा रहेकी श्रीमतीको उपचार गराई दिन हारगुहार गर्दै उहाँकोे अवस्था चिन्ताजनक रहेको बारे बोहराले अस्पताल प्रशासनलाई जानकारी गराउँदा पनि चाँसो नदेखाइएकाे उहाँकाे गुनासाे छ । बोहराले पेट दुखेर छट्पटाई रहेकी श्रीमतीको उपचारको लागि अस्पतालमा रहेको जेनरेटर चलाउन भनेपछि उल्टै एक कर्मचारीले आक्रोशित भएर जेनरेटर बिग्रेको छ भन्दै झपारेको उहाँले गुनासो गर्नुभयो ।

अस्पतालमै अर्का कर्मचारलिाई सोध्दा जेनेरेटर राम्रै हुँदा पनि चलाउन नखोजेको बताएको बोहराले बताउनु भयो । केही समयपछि हातले नै लेखेर पुर्जी काटिएको उहाँको भनाइ छ । बोहराका अनुसार पुर्जी लिएर त्यसपछि आफूहरू इमरजेन्सी वार्डमा गएको र त्यहाँबाट फेरि पुर्जी काट्ने ठाउँमा नै फिर्ता पठाइएको थियो।

एक स्वास्थ्यकर्मीले ‘बत्ती छैन, ओपिडीमा बत्ती नहुँदासम्म केही हुँदैन भनेको होइन, २ घण्टापछि आउँछ रोकिनु भनियो, त्यसपछि त्यो मान्छे बाहिर गयो,’ बोहराले भन्नुभयो, सधैँ ‘जिल्ला अस्पतालमा बिरामीलाई प्रत्येक कक्षमा यसरीनै झुलाइन्छ ।

अर्को डाक्टरलार्ई बिरामीको पेट सहन नसकिने गरी दुखेको छ, केही औषधि त दिनु भनेँ, एक डाक्टरले औषधि लेखेर दियो, र औषधी लिएर आइसकेपछि बल्ल इन्जेक्सन लगाइयो।’ उहाँले भन्नुभयो । औषधि चलाएपछि स्वास्थ्यमा सुधार हुनुको सट्टा श्रीमतीको पेट पहिलेभन्दा बढी सहनै नसकिने गरी दुःखेको यहाँले बताउनु भयो । त्यहाँ भएमा डाक्टरहरु सबै मोबाईल चलाएर बसेको उहाँले बताउनु भयो । विरामी तिर ध्यान नै नदिएको उहाँले गुनासो गर्नुभयो ।

त्यसपछि जिल्ला अस्पतालको बेडमा पिडाले छट्पटाई रहेकी श्रीमतीले यता उपचार गरी नदिएपछि उहाँले प्राइभेट अस्पताल जान्छौँ भनेपछि एक डाक्टरले  रिसाउँदै 'यता किन आएको त उतै जानुपर्ने थियो' भनेको उहाँले बताउनु भयो ।

तर बोहरा विरामी श्रीमतीलाई लिएर सदरमुकामस्थित जयपृथ्वी अस्पताल पुग्नुभयो । उहाँका अनुसार–जयपृथ्वी अस्पताल पुग्दासम्म श्रीमतीको रक्तश्राव भएर पेटको बच्चा खेर गइसकेको रहेछ, भिडिओ एक्सरे गर्दा डाक्टरले अत्याधिक रत्तश्रापभएर बच्चाको खेर गइसकेको र रीपोर्ट निगेटीप आएको बताएका थिए ।

बोहराले आफ्नो उक्त कुरा सामाजिक संञ्जालमा राखेपछि यस विषयमा जिल्ला अस्पताल बझाको ध्यानाकर्षण भयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.नवराज जोशीले शनिबार भएको घटनाबारे अस्पतालको लापरबाही नरहेको बताउनु भएको छ । उहाँले केहि कारण बस सेवादिन केहि ढीलो भएको स्वीकार भने गर्नुभयो । उहाँले भन्नुभयो– "अस्पतालले दिने उपचार दिएका छौँ । विद्युत् आएको थिएन । जेनरेटरमा समस्या आएको थियो हामी बनाउँदै थियौँ । त्यही भएर ढिलो भयो । एक छिन पर्खिनुस् भन्दा उहाँ रिसाएर जानु भयो, हाम्रो केही नि कमीकमजोरी छैन । उहाँको जाँच, मिस्टीकेशन गर्नमा ढिलो भएको हो । हाम्रो पुर्जामा लेखेका कुराहरू यहाँ सुरक्षित छन् ।"

उहाँ मात्रै हैन पछिल्लो समय जिल्ला अस्पताल बझाङमा समयमै उपचार पाउन मुस्किल हुने गरेको अन्य नागरिकहरुले पनि गुनासो गर्ने गरेका छन् । अस्पताल प्रशासनको चरम लापरबाहीका कारण कयौँको ज्यान नै खतरामा पर्ने गरेको छ । समयमै बिरामीलाई भेट्न डाक्टर आउँदैनन् । सेवा लिनकै लागी घण्टौँसम्म लाइनमका बस्नु परेको हुन्छ । अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको बिरामीलाई गर्ने व्यवहार राम्रो नभएको साईपाल गाउँपालिकाकि मानमती बोहराले बताउनु भयो ।

जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिंहले अघिल्लो आर्थिक वर्षमा जिल्ला अस्पताल देशकै दोस्रो नम्बरमा आएको बताउनु भयो । उहाँले अस्पतालमा खानेपानी र बिजुलीको समस्याको समाधान भए देशकै उत्कृष्ट अस्पताल कसरी बनाउन सकिन्छ भनेर बारेमा आफू हरदम लागिपर्ने बताउँदै आएका छन्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?