पटेला स्मार्ट उपाधि नजिक

हिमालय टाइम्स
Read Time = 3 mins

कैलाली । कैलालीको कैलारी गाउँपालिका-४ के गाउँमा भइरहेको २४औँ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिलातर्फ पटेला स्मार्ट क्लब उपाधि नजिक पुगेको छ । आयोजक न्यु युवा सुन्दर शक्ति युवा क्लबलाई सेमिफाइनलमा फराकिलो अन्तरले हराउँदै पटेला स्मार्ट उपाधि नजिक पुगेको हो । पटेला स्मार्टले आयोजक न्यु युवा सुन्दर शक्तिलाई सेमिफाइनलमा पाँच-शून्यले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

न्यु युवा सुन्दर शक्ति युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दू नारीहरूको पर्व हरितालिका तीजको अवसरमा भइरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फका खेलहरूमा भने इलाइट युवा क्लब र सागर युवा क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् । पुरुषतर्फको पहिलो खेलमा सागर युवा क्लबले जेवाइसी अत्तरियालाई हरायो । सागरले जेवाइसीमाथि १-० को जित निकाल्यो ।

कैलारी गाउँपालिका-४ के गाउँको खेल मैदानमा भइरहेको प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा इलाइट युवा क्लब विजयी भयो । इलाइटले नेपाल पुलिस क्लबलाई हरायो । इलाइटले पुलिसमाथि पनि १-० को साँघुरो जित दर्ता ग¥यो । पुरुषतर्फको तेस्रो खेलमा कैलारी गाउँपालिका-३ को कार्यालयको टिम विजयी भयो । वडा नम्बर ३ ले कमल युवा क्लबलाई हरायो । वडा नम्बर ३ ले कमल युवा क्लबमाथि १-० को जित हात पार्‍यो ।

नकआउटका आधारमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ २५ टिमको सहभागिता रहेको छ भने महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । पुरुषतर्फको विजेताले नगद एक लाखसहित ट्रफी र उपविजेताले नगद ५० हजारसहित ट्रफी पाउने क्लबका अध्यक्ष वृक्षलाल चौधरीले जानकारी दिनुभयो । यस्तै, महिलातर्फको विजेताले नगद २५ हजारसहित ट्रफी र उपविजेताले नगद १५ हजारसहित ट्रफी पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?