एसियाडमा बक्सिङमा स्वर्ण जित्ने खेलाडीलाई १० लाख

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल बक्सिङ महासंघले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । महासंघको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हो ।

बैठकले चीनमा हुने एसियन गेम्समा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १० लाख, रजत जित्नेलाई ५ लाख र कांस्य पदक जित्ने खेलाडीलाई दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

महासंघको कोष वृद्धि गर्न पदाधिकारीबाट १५ हजार र सदस्यबाट १० हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको, संस्थाले मासिक रूपमा पदाधिकारीबाट पाँच हजार र सदस्यबाट तीन हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले सातै प्रदेश र विभिन्न जिल्लाबाट संकलन गरी भदौ महिनाभित्र संघको वार्षिक क्यालेण्डरसमेत प्रकाशन गर्ने निर्णय गरेको छ । महासंघले महासचिवको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?