यस्तो छ तपाईंको साउन १६ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन १६ गते मंगलबार, ई.सं. १ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण शुक्लपक्ष पूर्णिमा, नक्षत्र- उत्तराषाढा, योग- प्रीति, करण- भद्रा, चन्द्रराशि- मकर, सूर्योदय ५ः२७, सूर्यास्तः १८ः५१ ।

मेष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

वृष : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

मिथुन : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कर्कट : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

सिंह : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

कन्या : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

वृश्चिक : भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखद खबर प्राप्त हुनेछ ।

धनु  : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

मकर : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कुम्भ : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?