सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायक सञ्जीव नेपाली अमेरिकामा विशेष सम्मानबाट सम्मानित हुनुभएको छ । खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै अमेरिकाको द सिनेट अफ मेरील्याण्ड र न्यु जर्सी सिटीले उहाँलाई विशेष सम्मान गरेको हो । उहाँलाई द सिनेट अफ मेरील्याण्डका काथरिन क्यासमियर र न्यु जर्सी सिटीका काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यानले सम्मान गर्नुभएको हो ।

अमेरिका बसाइका क्रममा तेक्वान्दो खेलको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै आफूलाई सो सम्मान प्रदान गरेको सञ्जीवले बताउनुभयो । ‘अमेरिका बसाइका क्रममा विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल रेफ्रीजर्ज र प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएको छु,’ सञ्जीवले भन्नुभयो, ‘त्यही योगदानको कदर गर्दै दुवै संस्थाले सम्मान गरेका हुन् ।’ यो सम्मान आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो भएको सञ्जीवले बताउनुभयो ।

बारा निजगढका सञ्जीवले तेक्वान्दोका माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झण्डा फहराउँदै आउनुभएको छ । लामो समय तेक्वान्दोमै बिताउनुभएका सञ्जीवले आफूले सकुञ्जेल तेक्वान्दोकै विकास र विस्तारमा समर्पित हुने योजना बनाउनुभएको छ । उहाँले हङकङ, थाइल्याण्ड, इंग्ल्याण्ड, स्पेन, जापान, क्यानडा, अमेरिकालगायतका मुलुकमा पुगेर विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जित्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?