बर्दघाटको रिफ्रेस सेन्टर- सम्झौता सकियो, काम सकिएन

हिमालय टाइम्स
Read Time = 5 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको ४ मा रिफ्रेस सेन्टर ९स्मार्ट शौचालय० सम्झौता सकियो तर काम भने सकिएको छैन ।

लुम्बिनी प्रदेशको ठुलो आयोजनाको रुपमा लिईएको पश्चिम् नवलपरासीको बर्दघाटमा निर्माणाधीन अवस्थामा रहेको रिफ्रेस सेन्टर(स्मार्ट शौचालय) पहिलो पटकको सम्झौताको म्याद सकिँदा काम नसके पछि पुन दोस्रो पटक म्याद थपिएको थियो । बहुबर्षिय आयोजनाको भएकाले चरणगत रुपमा पहिलो चरणको काम समेत सकिएको छैन ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित पुर्वपश्चिम राजमार्ग देखि ३ सय मिटर तल पारिजात सामुदायिक वनको एसिया भित्र बनिरहेको रिफ्रेस सेन्टर निर्माणमा अत्यन्तै ढिला सुस्ती भएको छ । २०७७ चैत्र ११ गते सम्झौता भै कोजु ईन्जिनियरिङ सन्जय जेभी काठमाडौले ३ करोड १८ लाख २६ हजार ६ सय १९ रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो । सम्झौता अनुसार २०७९ असोज११ मा पहिलो फेजको निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएपनी निर्माण कम्पनिले विभिन्न कारण देखाउदै समयमै काम सम्पन्न गर्न सकेन । दोस्रो पटकको म्याद थप अनुसार २०८० भदौ ३० गते सम्पन्न गर्नु पर्ने भएपनी आधा काम समेत सकिएको छैन ।

नक्सा डिजाईन र भौगोलिक अवस्थाका कारण परिणाम मिलाउनु पर्ने भएकाले पुनः भेरिएसनका लागि लुम्बिनी प्रदेशमा पठाईएको खानेपानी तथा सडक डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर आदित्य धितालले बताउनु भयो । धिताल भन्नुहुन्छ, ‘भेरिएसनका लागि मन्त्रालयमा पठाईएकोमा भर्खरै पुन भेरिएसन भएर फाईल आएको छ, अब काम अघि बढ्छ । विभिन्न भागहरुमा बिम र पिल्लरको लेभल मिलाउनु पर्ने र धेरै संरचनाहरु आवस्यकता अनुसार थपघट गर्नु पर्ने भएकाले काम रोकिएको धितालको भनाइ छ । धितालका अनुसार बहुबर्षिय योजना अन्तर्गत दुई चरणमा निर्माण सम्पन हुने हो । बाहिरी भवन निर्माण र इन्टेरियर,सावर ब्लक ट्वाईलेट गरि दुई चरणमा गरिने तर आयोजना भने निरन्तर रहने छ ।

खानेपानी तथा सडक डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख आबिद हुसेन मिया ठकुराईका अनुसार बजेट अभावका कारण निर्माणमा ढिलाई भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘प्रदेश सरकारसग थप बजेट माग भएको छ । सम्झौता अनुसार काम गर्न बजेट अभावका कारण नसकिएको हो ।’

लुम्बिनी प्रदेश सरकार, निर्माण कम्पनी र खानेपानी तथा सडक डिभिजन कार्यलयको समन्वय अभाव र ढिला सुस्तिका कारण तीन बर्ष बितिसक्दा समेत पहिलो चरणको काम सम्पन्न हुन सकेको छैन ।निर्माणकै चरणमा रहदा एक बर्ष पहिले गुणस्तरहिन सामाग्री प्रयोग भएको, ठाउठाउमा चर्किएको यहाका स्थानीयको गुनासो आएपछी गत बर्ष बर्दघाट नगरपालिकाले निर्माणमा रोक लगाएको थियो ।

पुर्वपश्चिम राजमार्गमा आउजाउ गर्ने यात्रुहरुका लागि निर्माण गर्न लागिएको उक्त रिफ्रेस सेन्टर कहिले सम्पन्न हुने हो ठेगान भने छैन । प्रदेश सरकार र आयोजना कार्यालयले समेत स्थानिय तहसग समन्वय नगरेको बर्दघाट नगरपालिकाले जनाएको छ । विभिन्न बहानामा निर्माण पक्ष र सम्बन्धित निकायको आलटाल र समन्वको अभावमा अझै निर्माण सम्पन्न हुनेमा स्थानिय समेत बिश्वास्त छैनन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?