लुम्बिनी प्रदेश: लम्पी स्किनको उपचारका लागि आकस्मिक रकम परिचालन गर्न निर्देशन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रदेशमा लम्पी स्कीनबाट प्रभावित भएका पशु चौपायको लागि प्रदेश सरकारले उपचारमा विशेष जोड दिएको छ ।

अहिले प्रदेशमा लम्पी स्कीनबाट प्रभावित भएका पशु चौपायको उपचारको लागि करिब ३० लाख रुपैयाँ बराबरको औषधी तथा खोप खरिद गरि परिचालन गरिएको हो । लुम्बिनी प्रदेको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय का निर्देशक डा. परवेज आलमले हाल सम्म प्रदेशका सबै जिललामा गरेर ३८ हजार ७ सय ९३ पशु चौपायमा खोप प्रदान गरिएको छ । यस्तै १ लाख १२ हजार ४ सय ७६ पशु को उपचार गरिएको छ ।

देशभरि नै समस्याको रुपमा देखिएको लम्पी स्कीन रोगको नियन्त्रण तथा खोप कार्यक्रमका लागि प्रदेशभर हाल ६ यस ३८ जना जनशक्ति परिचालन गरिएको छ । रोग लाग्न भन्दा पहिला पशु चौपायमा दिईन खोपमा थप स्थानिय तहवाट खोपः १८ हजार ७ सय २२ र स्थानिय तहबाट उपचार १ लाख ४ हजार ७ सय ५३ जना पशु चौपायमा उपचार गरिएको छ ।

प्रदेश मन्त्रालय मातहतका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायतका कार्यालयहरुको लागि आक्समिक खोप तथा उपचार कार्यक्रमको बजेट परिचालन गर्न निर्देशन दिएको निर्देशक डा. आलमले जानकारी दिनुभयो ।

जसको लागिआस्मिक तर्फको ३९ लाख , खोप ५३ लाख, लजिष्टिक ३ लाख गरी कुल जम्मा १ करोड २७ लाख परिचचलन गर्न निर्देशन गरिएको हो ।यस्तै थप नियन्त्रणका लागी २ करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर प्रदेशको अर्थमन्त्रालयमा पेश गरिएको छ ।जसकाट बजेट स्वीकृत पश्चात आउने रकम परिचालन गरिने छ ।

लुम्विनी प्रदेशको मा पहिलो पटक यो रोग २०७७ साउन २४ गते देखिएको थियो । हाल सम्म कुल १ लाख ८१ हजार ९ सय ३५ वटा पशु चौपायमा रोग देखिएको छ । जस मध्ये कुल ५ हजार ६ सय ४६ वटा पशु चौपाय मरेका छन् ।

खासगरी गाई, गोरु, भैसी र राँगामा देखिने यो रोगकको कारण दुध उत्पादनमा ५० प्रतिशत ले कमी आएको छ । साथै नियमित हिटमा नआउने, गर्भ तुहिने जस्ता समस्या समेत आउने निर्देशनालयका फोकल पर्सन रिम बहादुर थापाले बताउनु भयो। निर्देशनालयको तथ्यांक अनुसार दैनिक दुधमा १करोड ५० लाख आर्थिक क्षति भईरहेको छ भने पशु चौपायको मृत्युबाट १२ करोड ५० लाख बराबर क्षती भएको अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?