ग्लोबल र डिप्रोक्स नेपालबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौताअनुसार डिजिटल माध्यमबाट वित्तीय कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहने बताइएको छ ।

त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम-पूर्व जिल्लाका शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थवाङ भूमे र पुथाउत्तरगंगा गरी आठ स्थानीय तहमा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रममा पनि बैंकको सहभागिता हुनेछ ।

परियोजनामा आबद्ध घरधुरीहरू तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन् । परियोजनामा आबद्ध पाँच हजार पाँच सय घरधुरीमध्ये ८० प्रतिशत सहभागी महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् । सोहीभित्रबाट तीन प्रतिशत समुदाय अपांगता भएका घरपरिवार पनि हुने हुँदा परियोजनाले परिलक्षित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ ।

उल्लेखित क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियन परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैकिङ, डिजिटल बैंकिङ, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?