संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस गरिने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । साँझ ५ बजे बस्ने बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

यसअघि प्रधानन्यायाधीश सिफारिस गर्न मंगलबार पनि बैठक बसेको थियो । उक्त बैठक बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ ।

उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ । प्रधानन्यायाधीश बन्ने लाइनमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई रहनुभएको छ ।

त्यस्तै अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फूयाल र मनोजकुमार शर्मा रहनुभएको छ ।

माथिका ११ न्यायाधीशमध्येबाट आज एक जनाको नाम सिफारिस हुनेछ । त्यसपछि संसदीय सुनुवाइमार्फत सरकारले आगामी प्रधाननन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनेछ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । त्यसैले न्यायपालिकाको नेतृत्व फेरि कामु हुने निश्चित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?