स्वास्थ्य मन्त्रालयको अनुगमनः अस्पतालले नागरिक वडापत्र लागू गर्नुपर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरुको अनुगमन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीवार काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो ।

मन्त्रालयका अनुसार काठमाडौंको कान्ती बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो ।

नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले अस्पतालहरुमा नागरिक वडापत्र लागू हुनुपर्ने बताउनु भयो ।

उहाँले अस्पतालले बिरामीहरुको निःशुल्क उपचार दिनुपर्ने पनि बताउनु भयो ।

डा.बाराकोटीले भन्नुभयो, नेपाल मेडिकल कलेजको राम्रो पक्ष भनेको सरसफाई राम्रो छ । पूर्वाधार ठिक छ । नागरिक बडापत्रका कुरा, निःशुल्क दिने उपचारका कुरामा सुधार गर्नुपर्ने देखिन्छ । शंकरापुर अस्पतालको भवन स्ट्याण्डर्ड छैन । गरिब असहायलाई बेड पर्याप्त नछुट्याइएको पाइयो । ल्यावमा सुधार गर्नुपर्ने देखियो । ’

अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका फार्मेसीहरुको अनुगमन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?