बैदेशिक रोजगारीमा जान भोजपुरका साढे ६ हजार बढीले लिए राहदानी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । आर्थिक बर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालय भोजपुरका साढे छ हजार बढीले बैदेशिक रोजगारीका लागि राहदानी बनाएका छन् ।

भोजपुर नगरपालिका अन्र्तगत संचालित सुरक्षित आप्रबासन कार्यक्रम सामीको बार्षिक समीक्षा कार्यक्रममा गएको आर्थिक बर्षमा छ हजार पाँच सय ८९ जनाले राहदानी बनाएको जानकारी गराईएको हो । सामी परियोजनाले गत आर्थिक बर्गा भएका गतिबिधीहरुका बारेमा बार्षिक समिक्षा कार्यक्रम गरेको हो ।

भोजपुर नगरपालिका सामी कार्यक्रमका संयोजक कर्ण पुलामीले ८८ जनाले निशुल्क शिप सिकेको र ६९ जनालाई न्यायमा सहजीकरण गरिएको बताउनु भयो । कार्यक्रममा सामी कार्यक्रमको प्रभावकारिता, लक्ष्य, आप्रवासी स्रोत केन्द्र संचालनको औचित्य, निशुल्क शिप तालिमबाट लाभान्वितको संख्या, न्यायमा सहजीकरण, वित्तिय साक्षरताको अवस्था, रिटर्नी स्वयमसेवक परिचालनका विषयमा जानकारी दिइएको छ ।

यस्तै सामी कार्यक्रमलाई संस्थागत बनाउनका लागि भएका प्रयासहरु, स्थानीय सरकारको असल अभ्यासहरुको बारेमा सामी, हेल्भेटास कार्यक्रमका खोटाङ तथा भोजपुर अधिकृत उमा पौडेलले सहभागीलाई प्रष्ट पार्नुभयो । कार्यक्रमममा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेको पनि सहभागिता रहेको थियो ।

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय सम्झोता अनुसार श्रम मन्त्रालयको नीतिगत अगुवाई तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा स्थानीय सरकारको नेतृत्वमा संचालित रहदै आएको छ । जिल्लामा भोजपुर नगरपालिका सहित टेम्केमैयुङ गाउँपालिका, षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिकामा सामी कार्यक्रम संचालनमा छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?