भारत र पाकिस्तानको खेल तालिका परिवर्तन हुने

Read Time = 2 mins

दिल्ली । सुरक्षाका कारण आगामी अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन हुने भएको छ । यसअघि भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा हुने तालिका रहे पनि अब भने परिवर्तन हुने भएको छ । उक्त दिन भारतमा हिन्दूहरूको ठूलो चाड नवरात्रीको पहिलो दिन पर्ने र ठूलो भिडका कारण सुरक्षा चुनौती हुने भन्दै खेल तालिका परिवर्तन गर्न भारतीय क्रिकेट बोर्डले माग गरेको थियो ।

भारतले उक्त दिनलाई सार्दै १४ अक्टोबरमा गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले पनि १४ अक्टोबरमा खेल खेल्न सहमति जनाएको छ । योसँगै अब विश्वकपमा भारत र पाकिस्तानबीचको पूर्व निर्धारित समयभन्दा एक दिनअगाडि खेल हुनेछ ।

खेल तालिका परिवर्तन आइसिसीले चाँडै नै सार्वजनिक गर्नेछ । १४ अक्टोबरमा विश्वकपमा अन्य दुई खेल पनि छन् । सोही दिन चेन्नईमा बंगलादेश र न्युजिल्याण्डबीच खेल हुनेछ । उक्त खेल ११ अक्टोबरमा सारिने भएको छ । दिल्लीमा अफगानिस्तान र इंग्ल्याण्डबीच खेल हुनेछ ।

उता पाकिस्तानले १४ अक्टोबरमा भारतसँग खेल्ने भएपछि श्रीलंकासँगको तालिका पनि परिवर्तन हुने भएको छ । श्रीलंका र पाकिस्तानबीचको खेल १२ अक्टोबरमा हैदराबादमा हुने तालिका थियो । तर, उक्त खेल अब १० अक्टोबरमा हुनेछ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?