प्राडा.मुकेशकुमार चालिसेको ‘पाका मान्छेका कुुरा’

Read Time = 16 mins

प्राडा.मुकेशकुमार चालिसे देशदेशान्तरमा बाँदर विशेषज्ञको रूपमा चर्चा बटुलेका नेपालका एकमात्र प्राज्ञिक खोजकको नाम हो । आजभन्दा तीस वर्षअघि जर्मनीबाट बाँदरहरूको विशेषता र खानपानसम्बन्धी विषयमा विद्यावारिधि गर्नुुभएका चालिसेका अनुसन्धानमूलक लेखआलेखहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पत्रपत्रिका र जर्नलहरूमा प्रसस्त प्रकाशित भइसकेका छन् । दुुई थान अंग्रेजी र नेपाली भाषामा लेखिएका उहाँका बाह्रवटा कृति नेपाली वाङ्मयका बहुमूल्य सम्पत्ति हुन् ।

हुम्लाबाहेक नेपालका सबै जिल्ला स्थलगत रूपमा घुमेर वन्यजन्तुु, चराचुरुंगी र अन्य विविध विषयमा गम्भीर अध्ययन गर्नुभएका चालिसेले अन्तर्राष्ट्रिय स्तरका संरक्षण पुुरस्कारलगायत छ थरी पुुरस्कारबाट सम्मानित भई नेपालभित्र नास्टलगायत संस्थाबाट पटकौं पटक पुुरस्कृत र अभिवन्दित बनिरहनुुभएको छ । आफ्नो उत्तरार्धको वय, शारीरिक दुुर्बलता र रोगहरूसित छुुत्ती खेल्दै केवल एक औंलाको भरमा आपूmलाई एक जिम्मेदार लेखकको अग्रलहरमा स्थापित गरेर ‘कर्मण्येवाद्रधिकारस्ते’ को गीता मातासित गुुटुुमुुटुु हुँदै सरस्वतीका मीठा प्रसादहरू हामीमाझ बाँडिरहनुु भएको छ ।

आज तिनै शारदाका वरद सन्ततिद्वारा लिखित ज्येष्ठनागरिक मनोविज्ञानमा आधारित ‘पाका मान्छेका कुरा’ भन्ने प्रवयस्, स्थविर, वृद्ध, जीन, जीर्ण, जरत्, ज्येष्ठ श्रेष्ठ वा देश खाई शेष भएका नागरिकका विषयको रोचक ग्रन्थ जसले मानिसका उत्तरार्ध वयका मनोभावनालाई शल्यक्रिया गरेको कृतिमा परिचर्चाको जमर्को गरेको छु । नेपालको प्रसिद्ध प्रकाशन गृह भुँडीपुराण प्रकाशनले २०७९ मा प्रकाशनमा ल्याएको प्राडा.मुकेश चालिसेको १४६ पृष्ठमा आबद्ध १६ अध्याय वा खण्डमा विभक्त ‘पाका मान्छेका कुरा’ वृद्धमनोविज्ञानपरक सम्बन्धितहरूको मनोवेगको सबै पत्रपत्र केलाएर हरेक उमेर समूूहका दिलदिमागलाई हल्लाइदिनुुभएको छ ।

आधुनिकताको नाममा व्यक्तिवादले गाँजेको हलो र हाई पुस्ताकामा संस्कार स्थापित गर्न नसकेर विस्तारै मानिसहरूको उत्तरार्ध संकटतिर धँकेलिँदै गएको कुरा यस पुस्तकमा व्यावहारिक तरिकाले शल्यक्रिया गरिएको छ । साथै पाकाका जीवनमा सुन्दर खाका कोर्न चार-पाँचवटा उपाय पनि उल्लेख गरिदिएका छन् ।

पाना नं.१ देखि १७ सम्म ‘बुुढ्यौलीमा हामीले गर्ने कामहरू’ को विशद चर्चा छ । जसमा पूर्वकुरा, दोस्रो कुरा, तेस्रो कुरा, वर्तमान, तपाईंले गर्दा राम्रो, बिसाउनी गरी छ उपशीर्षकमा पाकाहरूका मनोबललाई ऊर्जा दिने सटीक र व्यावहारिक बुुँदाहरूको विश्लेषण गरेर ‘मूूकानां ईश’, अर्थात् बोल्न र व्यक्त गर्न नसक्ने आवाजविहीन पुस्ताको आवाज बनिदिनुुभएको छ प्राध्यापक एवं वैज्ञानिक मुकेशजी । पूूर्वकुरामा सिकारी जीवनको मानव समाजमा अनुुभव, सीप र कौशलताले पाकाहरूको केन्द्रीय भूमिका उपल्लो भएको कुरा उजागर गरिएको छ ।

दोस्रो चरणमा मानव समुदाय खेतीको युुगमा प्रवेश गरेको र त्यतिखेर पाका तथा भुक्तभोगीकै हाकोडाकोमा समाज हाँकिएको पाँच सय जनासम्म एउटै परिवार भएको हाम्रै देशको तथ्यांकहरू देखाउँदै ज्येष्ठहरूको भूूमिका मानव समुदायमा उपल्लो कोटिको देखाइएको छ । तेस्रो चरणमा बिस्तारै मानव समाज कृषिबाट औद्योगिक क्रान्तितिर लम्किएको त्यसको नायकत्व देश खाई शेष भएका, घामपानीले मात्र कपाल सेतो भएको होइन, कुरा सुन्नुु बूढाको आगो ताप्नुु मुढाको, अनगिन्तिी भोटो फटाएको, भन्ने जस्ता लोकोक्तिले जेठाबाठालाई मान्ने क्रमले निरन्तरता पाइरहृयो ।

वर्तमान समयमा पनि अहिलेसम्म जसोतसो पाकाहरूले सम्मानकै भाषामा नयाँ पुस्ताकाबाट बा, बाजे, आमा, बज्यै, बुढा वा आदि सम्बोधनमा औपचारिक सम्मान भेटिँदैछ । आधुनिकताको नाममा व्यक्तिवादले गाँजेको हलो र हाई पुस्ताकामा संस्कार स्थापित गर्न नसकेर विस्तारै मानिसको उत्तरार्ध संकटतिर धँकेलिदै गएको कुरा यस पुस्तकमा व्यावहारिक तरिकाले शल्यक्रिया गरिएको छ । साथै पाकाहरूका जीवनमा सुन्दर खाका कोर्न चार-पाँचवटा उपाय पनि उल्लेख गरिदिएर बुुढ्यौली जीवनलाई सहजताको मार्ग लेखकले प्रस्तुत गरिदिएका छन् । बिसौनीमा पुुगेर चालिसे सगौरव यी भनाइद्वारा ‘दशकौंको अनुुभव र ज्ञानका स्रोत ज्येष्ठ नागरिक मानवसेवाका अभिन्न मार्गनिर्देशक र ज्योतिपुुञ्ज हुन् ।

बत्ती निभ्यो भने त अन्धकार हुन्छ, हामीलाई आफ्नो कर्तव्यवि-मुख हुन र काल पर्खने त हो भनी निराश हुन सुहाउँदैन कि’ ? जस्ता सम्मति पस्किएर पाका जीवनका उम्दा खाका नलुकाउन आहृवान गरेका छन् । दोस्रो खण्डमा ‘हामीले अहिले किन यस्तो भोग्छौं’ शीर्षकमा प्रकृतिको सृष्टिमा अन्य प्राणीभन्दा मान्छेमा ठगी, ढाँट, लुच्याइँ, चोरी सामाजिक अहित, निजी हित, आत्महत्या, हत्या, यौनजन्य बलात्कार, पाइन्छन् । भन्ने परिचर्चा गर्दे पाकाहरू सहज तरिकाले दिन बिताउन सकूून् भनी सुुझाब र सुलह मजाले पस्किएका छन् ।
आफ्ना लुुगा आफैं धुने, खाएका भाँडा आफैं माझ्ने, पेन्सन वा भत्ता लिन स्वयं जाने वा सहयोगीसाथ निस्कने, आफ्नो नाममा सम्पत्ति राख्ने, अति मायामा लुुटपुुटिएर उदारदाता बन्न हतार नगर्ने, आफूलाई चाहिने सामान वा पुस्तककापी नोट बुुकहरू नजिक राख्ने, मनका कुरा, पीर, अनुुभूूतिहरू टिपोट गर्ने, कसैले आफ्नो विचार वा बह नसुनेमा पशुुपक्षी चराचुरुंगीलाई सुनाउने, कुनै विषयको छलफलमा कसैको पक्ष लिएर बोल्नुुभन्दा तटस्थ रहने, विवादमा नफस्ने, नमागेका ठाउँमा अर्तिउपदेश दिन अघि नसर्ने आदि कामयाबी सल्लाह आमपाकालाई दिएर डा.मुकेशले कूूटनयिक उपचारसमेत गरेका छन् यो कृतिमा ।

प्रा.चालिसेले महाभारतको यो श्लोकको मर्म :-
न सा सभा यत्र न सन्ति वृद्धाः ।
न वृद्धा न ते ये न वदन्ति धर्मम् ।
धर्मः स नो यत्र न सत्यमस्ति । सत्यं न तत् यत् छलमभ्युपैति ।। अर्थात् त्यो सभा–सभा होइन जहाँ कुनै वृद्ध हुँदैन, त्यो वृद्ध वृद्ध होइन जसले धर्मको बोली बोल्दैन, त्यो धर्म धर्म होइन जसमा सत्य छैन, जहाँ कपट छ । यसैले धर्म थाम्ने तागत ज्येष्ठ श्रेष्ठसितै हुन्छ भनी पाकापाकी जमातको दायित्वको उद्बोधन गराएका छन् यी पाका प्राज्ञले । उनको नाम नै मुकेश अर्थात् शिव, कामदेव वा मौनी वृद्धहरूको ब्रहृमवाणी बनेका छन् ।

हामी जता भए पनि, हामी यस्तैमा छौं साथीहरू, हामीलाई फुुर्सद छैन के गर्नुु ? कसरी पाटी बन्दैछन् घर ? वृद्धभत्ता : पहेंला अक्षता कि पिण्ड हो ? मेरा अहिलेका साथीहरू, हामी हेपिने मान्छे हो र ? हामीलाई एकै नापो काम लाग्दैन है, हामीलाई बेवास्ता गरे विकास हुन्छ र ? आदि अत्यन्त विचारोत्तेजक शीर्षकमार्फत पाका मानिसका अचेतन, अर्धचेतन र चेतन मनका पत्रपत्र केलाएर विश्वभरका ज्येष्ठहरूको उदाहरण दिँदै नेपालमा पाका मानिसले भोगेका कटुु व्यवहारको टड्कारो स्थिति प्रस्तुत गरिदिएका छन् ।

जनसरोकारविहीन बनेका थरीथरीका सरकार नामका हन्तकालीहरूमा मुुकेश यसरी आफ्ना कुरा राख्छन् ‘वृद्धभत्ता पहेँलो अक्षता हो कि पिण्ड हो ’? मा : ‘कताबाट सिकेछन् कुन्नि, नियम बनाउने अनौ समातेका मूूढ बुद्धिहरूले, सरकारी नियम भनेर ६० वर्षमा नै दज्र्यानी चिहृन झुण्ड्याइदिन्छन् ज्येष्ठ नागरिकको । मातहतकै नियममा चल्ने एकातिर कुनै निकायमा कसैलाई त्यति वर्ष नपुुगी गलहत्याउँछन् भने कसैलाई उमेरहद पुुगेको भन्दै कनी कनी काम थपेर भए पनि वा हाजिर गराएर भए पनि ६० माथि पनि जोत्छन् ।

बुढाबुढीका कारुणिक दैनिकीलाई मनोविज्ञानको अतल गहिराइमा डुुबुल्किएर यत्नपूर्वक तथ्यांक, घटना र सरकारी लापरबाहीलाई निर्भीक बन्दै यस्ता कृतिहरू दिएर वन्यजन्तुुविज्ञ, प्राडा.मुकेशकुमार चालिसेज्यूले आमपाकापाकीमा गुन लगाउनुभएको छ । अझै नयाँ नयाँ कृतिहरूको अपेक्षा गर्दछौं ।

त्यसो भए ६० वर्षे ज्येष्ठ नागरिकको दज्र्यानी ती पाका मानिसलाई किन ? प्रौढ वा उत्तरार्ध प्रौढभन्दा भइहाल्यो नि ! फेरि त्यो दज्र्यानीको महत्व, अधिकार र सुविधा नास्ति, मानिदिए सहचालकले सार्वजनिक बसमा भाडा अलिकता घटाइदेला बस् ! कल्की भिराइदिने सरकारले त सिन्को भाँच्दैन यस उमेर समूहका लागि ! अरूको के कुरा ? लौ, त्यसैले होला रेडियो भन्ने जिनिसले समाचार नपाएर के के फत्तुरमात्र ओकल्छन् बा ! समाचार त तातो न छारोको : ‘ देश बेच्ने र नबेच्नेको जुहारी पो रहेछ’ हाम्रा कर तिरेका पैसा खाएर सदरमुकाम र राजधानीतिर घर बनाउनेहरूको ।

शिक्षामा सरकारी विद्यालयको हुर्मत लिएर आआफ्ना सन्तान विदेश पढ्न पठाउनेको वाक्कलाग्दो भाषण ! पानी नै नभएको ठाउँमा पुलको उद्घाटन, भूकम्प र बाढीपीडितलाई सुुको पैसाको सहयोगको वास्ता छैन ? वन्यजन्तुका बगाल बढाउन करोडौंको बजेट रे ! अनि अरू चाहिँ हत्या, बलात्कार, ठगी, विदेशमा अलपत्र, विदेश गएका मृत, अमुक देश वा संस्थासित ऋण पाइयो भनेर हर्कबढाइँ ! धत्, के सुन्नु मन नै दिगमिग हुने समाचार ?’

संघीय लोकतान्त्रिक गणतन्त्रको धराप जामा पहिरिएर बलै निउरिमुन्टे न भएर उभिएको सर्व अपकार गर्ने नेपालका पटके वा तदर्थे सरकारको चरितचर्या उघार्दैै ‘पाका मान्छेका कुरा’ कृतिको अन्त्यमा प्राडा.मुकेश यसरी टुुंग्याउँछन् ः ‘विकासे भद्दा मृगतृष्णा देखाएर भौतिक विकासकको मिहिन नसामा बानी बसालेर समाजका छट्टुहरू आधारभूत आवश्यकता भित्रपर्ने मानसिक तथा शारीरिक विकासको अवधारणा कलुषित पार्दैछन् ।

सर्वसाधारणलाई बाँच्नका लागि उपभोगका सामग्री सहज आपूर्ति गर्नुभन्दा आफ्नो र आफ्ना प्यादाहरूको पृथ्वीमै छाडेर जानुपर्ने वैभव बटुल्न व्यस्त छन् । वर्तमान आधुनिकतारूपी षड्यन्त्र- खुलाबजार अवधारणाको नाममा सर्वसाधारणमात्र होइन पाका मानिससमेत बजारीकरणको मारमा परेका छन् । यस्ता कुव्यवस्था सल्ट्याउने मानिस र समूह एक दिन कसो नआउलान् ? हामीलाई बेवास्ता गरेर न विकास हुन्छ न त समाज उँभो लाग्छ, साँचोताल्चा कब्जामा लिनेले बेलैमा चेते हुन्छ’ ।

बुढाबुढीका कारुणिक दैनिकीलाई मनोविज्ञानको अतल गहिराइमा डुुबुल्किएर यत्नपूर्वक तथ्याङ्क, घटना र सरकारी लापरबाहीलाई निर्भीक बन्दै यस्ता कृति दिएर वन्यजन्तुुविज्ञ, प्राडा.मुकेशकुमार चालिसेज्यूले आमपाकापाकीमा गुन लगाउनुभएको छ । अझै नयाँ नयाँ कृतिहरूको अपेक्षा गर्दछौं । वास्तवमा ज्येष्ठ नागरिक जिउँदा इतिहास सीप र ज्ञानका अजस्र भण्डार अतीतका गर्व गर्नलायक पौरख र वर्तमानका पुुस्तकालय हुन् भन्ने तथ्यलाई यो कृतिले सिद्ध गरिदिएको छ । अस्तुु ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
chiranjibi sigdel
chiranjibi sigdel
2023-08-04 8:37 am

सारै मननीय!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?