राष्ट्रिय स्क्वास हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल स्क्वास र्‍याकेट्स संघ (एनएसआरए)को आयोजनामा हुने पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता साउन २१ देखि २७ गतेसम्म हुँदैछ ।

यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको बताइएको छ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउण्डेशनअन्तर्गत हुन लागेको हो । स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।

यस प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा प्रायोजक संस्थाबाट दुई लाख रुपैयाँ नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । पाँच विधा समावेश प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, ब्वाइज यु-१९, मास्टर खुल्ला पुरुष (५० तथा सो वर्षभन्दा माथि) र प्लेट च्याम्पियन्सिपमा प्रतिस्पर्धा हुनेछ । खेलहरू सातदोबाटोस्थित स्क्वास एकेडेमीमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?