तयारी रकम दिन एन्फालाई क्लबको ध्यानाकर्षण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका क्लबहरूले आफूहरूले पाउने तयारी रकम नपाएको भन्दै चाँडै उपलब्ध गराउन ध्यानाकर्षण गरेका छन् ।

तीन लिगका २६ क्लबहरूले एन्फालाई ध्यानाकर्षण पत्र बुझाउँदै चाँडै रकम उपलब्ध गराइदिन अनुरोध गरेका हुन् । दुई सिजन देखिको लिगको रकम उपलब्ध गराउन क्लबको माग छ । क्लबहरूले एन्फा महासचिव किरण राईलाई ध्यानाकर्षण पत्र बझाए ।

एन्फाले क्लबहरूलाई २०७७-०७८ र २०७९-०८० लिगको बक्यौता रकम बझाउन बाँकी छ । ‘ए’ डिभिजन क्लबहरूलाई २०७७-०७८ को लिगमा ९७ लाख ५० हजार र २०७९-०८० को लिगमा २ करोड ४५ लाख गरि कुल ३ करोड ४२ लाख ५० हजार रकम दिन बाँकी छ ।

यता ‘बी’ डिभजन लिगका क्लबहरूलाई पनि एन्फाले २०७७-०७८ को लिगमा ९१ लाख तथा २०७९-०८० को लिगमा ३५ लाख गरी चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लबको जोडेर कुल एक करोड २६ लाख पनि भुक्तान गरेको छैन ।

त्यस्तै ‘सी’ डिभिजन क्लबहरूले २०७७-०७८ लिगको ४० लाख ५० हजार रकम पाउन बाँकी छ । यो सबै रकम समयमै उपलब्ध गराउन तीन लिग क्लबहरूले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?