सरकारले ईपीजीको विषयमा प्रष्ट पार्न सक्नुपर्छ : पूर्व परराष्ट्रमन्त्री ज्ञवाली

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमालेका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रष्ट पार्न सक्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले धारणा प्रष्ट बनाउन कति समय लाग्ने हो भन्नेकुरा तोकेर भन्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपाल–भारत सम्बन्धलाई ‘अपडेट’ गर्नका लागि ईपीजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भयो। उहाँले नेपाल–भारतको बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराको आधार ईपीजीको प्रतिवेदनले दिएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘ एक्काइसौँ शताब्दीमा नेपाल–भारतको बीचमा कस्तो सम्बन्ध हुन्छ भने कुराको आधार त्यो प्रतिवेदनले दिएको बताएको छ । नयाँ ढंगले नबढीकन हामी गन्तव्यमा पुग्न सक्दैनौं । भारत नेपालमा नियन्त्रित अस्थिरता चाहन्छ भनिएको छ । इतिहासले बोकाइदिएका केहि बोझहरु छन्, सन् १९५० को सन्धी छ । सिमाका समस्याहरु छन् । अहिलेको सरकार दोषि छैन होला । तर, यो समस्या समाधान नगरिकन सम्बन्ध राम्रो भयो भन्न सक्दैन । पारबहानमा पछिल्लो समय प्रगति भने भएको छ । अहिले चाहीँ सरकारले इपीजि सम्बन्धी दृष्टिकोण के हो ? भनेर भारतलाई प्रष्ट भन्नुप¥यो । समय चाहिएको हो भने कति समय चाहिएको हो ? तोकेर भन्नुप¥यो । र, त्यसपछाडी हामी अगाडी बढ्नुपर्छ ।’

उहाँले सन् १९५० को सन्धी, सीमा समस्याहरुमा वर्तमान सरकार दोषी नभए पनि समस्या समाधान गर्न सक्नुपर्ने बताउनु भयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?