जातीय भेषमा गुडिया(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । पाटनको हाखा चुसिका नानी गल्ली सुरु हुने मोडको दुई घर पार गरेपछि पुगिन्छ, सिस्टर्स क्रियसन एण्ड क्याफे । मानिसहरूले यो क्याफेलाई मकैको कोयाबाट पुतली वा गुडिया बनाउने ठाउँको रुपमा पनि चिन्छन् ।

पहिला तीन दिदी बहिनीको संयुक्त प्रयासबाट सुरु भएको मकैको कोयाबाट गुडिया बनाउने कलालाई व्यवसायिक रुपमा अझै पनि निरन्तर चलाइरहेकी छिन् लक्ष्मी नकर्मीले । २० वर्षको हुँदा एक म्यागेजिनमा अमेरिकामा केही मानिसहरुले मकैको कोया (कर्न हस्क) बाट गुडिया र विभिन्न कलाकृती बनाउने गरेको पढेकी लक्ष्मीले त्यहींबाट प्रेरित भएर आफ्ना दिदी बहिनीहरूसंग मिलेर यसको सुरुवात गरिन् ।

यहाँ मुख्यतयाः जातीय भेषमा रहेका गुडियाहरू बन्ने गरेका छन् । जसलाई तयार गर्न एक जनालाई दुई दिनसम्मको समय लाग्छ तर कार्यविभाजन गरेर काम गरिने हुँदा एक घण्टा भन्दा पनि कम समयमा एउटा सानो गुडिया तयार हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?