एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्ली उप्रेती एमाले प्रवेश

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डिल्ली उप्रेती नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

उहाँसहित उल्लेख्य सख्याका नेता कार्यकर्ता पनि  एमाले प्रवेश गरेका छन् ।

सर्लाहीको हरिवनमा आयोजित एक कार्यक्रम विच ३ सय भन्दा धेरै नेता कार्यकर्ता पार्टीमा आउनु भएको एमाले नेता चूडामणि वाग्लेले दावी गर्नुभयो ।

पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले डिल्ली उप्रेती सहितका नेता, कार्यकर्तालाई आज खादा र अविर लगाएर एमालेमा भित्र्याउनु भएको थियो ।

कार्यक्रममा बोल्दै भट्टराईले पार्टी प्रबेश गर्ने सबै नेता कार्यकर्तालाई सात दिन भित्र जिम्मेवारी दिन जिल्ला अध्यक्ष राज नारायण साहलाई निर्देशन दिनुभयो ।

एमालेमा रहदा जिल्ला पार्टी संयोजक भईसक्नु भएका उप्रेती सर्लाहीमा लोकप्रिय नेता मानिनु हुन्छ । उहाँ पुर्व प्रदेश सभा सदस्य पनि हुनुहुन्छ ।

कार्यक्रममा वोल्दै उप्रेतीले एकीकृत समाजवादीको नीति र सिद्धान्त कम्युनिष्ट आन्दोलन विरोधी, कार्यकर्तालाई दिंग्भ्रमित वनाउने र गन्तव्य विहिन भएको देखिएपछि आफु सहितका साथीहरु नेकपा एमालेमा नै फर्कने निर्णयमा पुगेको वताउनुभयो ।

उप्रेतीसँगै नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, विभिन्न जनवर्गीय संगठन र स्थानीय नेता कार्यकर्ताहरु एमालेमा समाहित हुनु भएको वाग्लेले जानकारी दिनुभयो । प्रदेश कमिटी सदस्य खड्ग बहादुर उप्रेती, कृष्ण कुमार श्रेष्ठ, हुद्धराज उप्रेती, जिल्ला उपसचिव उत्तर कुमार मैनाली सहित आजै उपस्थित भएर प्रवेश गर्नुभयो भने कतिपय नेताहरु वाहिर भएकाले आज उपस्थित हुन नसक्नु भएको जनाइएको छ ।

एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज ज्वाला कुमारी साह, पोलिट्व्युरो सदस्य सुमन प्याकुरेल, केन्द्रीय सदस्य कल्पना कटुवाल एवं कमलादेवी महतो, प्रदेश उपाध्याक्ष रेबती पन्त, पुर्व नगर प्रमुख गणेश प्रसाई, जिल्ला उपाध्याक्ष विदुर कुमार प्याकुरेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

उप्रेतीको एमाले प्रवेशले हरिवन क्षेत्रका कार्यकर्ताहरु उत्साहित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?