प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर तेस्रो साता चीन भ्रमणमा जाने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणबारेमा परराष्ट्रमन्त्री एनपी साउदले आइतबार जानकारी दिनुभएको हो ।

साउदका अनुसार सेप्टेम्बरको तेस्रो–चौथो साता प्रचण्ड चीन भ्रमणमा जाने जानकारी दिनुभयो ।

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भका क्रममा मन्त्री साउदले यसबारे जानकारी दिनुभएको हो ।

‘हामी भ्रमणको तयारी अवस्थामा छौँ’, उहाँले भन्नुभयो, ‘वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने पक्षमा छ।’

वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी भएको उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?