बंगलादेशमा चौसठ्ठी हजार डेंगुुका बिरामी

Read Time = 1 min

ढाका । लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेंगु लागेर बंगलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन् भने ६४ हजार बिरामी भएका छन् । शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार ४९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको संख्या ६४ हजार पुगेको छ । डेंगुु लागेर तीन सय तीनजनाले ज्यान गुमाएका छन् ।

दक्षिण एसियाली देश बंगलादेशमा गत महिना डेंगुबाट पीडित हुने र ज्यान गुमाउनेको संख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ । गत महिना दुई सय चारजनाको मृत्यु भयोभने ४३ हजार ८५४ जना नयाँ बिरामी थपिएका थिए । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?