‘भुवन चैत्य वसुन्धरा’ फाउण्डेशनद्वारा पुरस्कार अर्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भुवन चैत्य वसुन्धरा’ फाउण्डेशनले चलचित्रकर्मीलाई सर्जक स्रष्टा पुरस्कार अर्पण गरेको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहमा चलचित्र क्षेत्रमा योग्दान पुर्‍याउनुभएका चलचित्रकर्मीलाई सञ्चारमन्त्री रेखा शर्माले सम्मान अर्पण गर्नुभएको हो ।

समारोहमा यादव खरेल, नीर शाह, गणेश रशिक, शिव श्रेष्ठ, मिथिला शर्मा र शर्मिला मल्ललाई सम्मान अर्पण गरिएको थियो । पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ रहेको छ ।

विसं २०७५ सालमा स्थापना भएको भुवन चैत्य वसुन्धरा फाउण्डेशनले नेपाली कला, संस्कृति र संगमञ्च गीत, संगीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरूको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत-पत्र अर्पण गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?