यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २८ पैसामा कारोबार भइरहेको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२९ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा कायम हुन पुगेको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसाले भाउ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १४ पैसा र बिक्रीदर १० रूपैयाँ १८ पैसामा कारोबार गर्न सकिनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४३०.२८ पैसा विक्रीदर ४३२.२३ पैसामा कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?