काठमाडौं । ‘सिन्दुर’ नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ वर्षपछि यसै नामबाट सिरियल बनाउन लाग्नुभएको हो ।
सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको शुभमुहूर्तमा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाउनुभएको थियो । अभिनेत्री प्रज्ञा जोशीले नै सिरियलको मुहूर्त सट दिनुभएको थियो ।
यसअगाडि पनि प्रज्ञाले नै ‘सिन्दुर’ नामबाट सिरियल बनाउनुभएको थियो । जसको निर्देशन योगेश घिमिरेले गर्नुभएको थियो । अहिलेको ‘सिन्दुर’ भने विनयराज पौडेलले निर्देशन गर्न लाग्नुभएको छ । सिरियललाई पौडेलले नै लेख्नुभएको हो ।
प्रज्ञा फिल्मस्को ब्यानरमा निर्माण हुने टेलिसिरियलमा नवीन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुसाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसीलगायत कलाकारको अभिनय रहनेछ ।
मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत रहेको टेलिसिरियलमा सम्राट थापाको संगीत छ । सिरियलको लेखक पनि निर्देशक पौडेल नै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच