बोराभित्र भेटियो महिला र पुरुषको शव, पहिचान हुन बाँकी

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो ।

शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको उहाँले बताउनुभयो ।

हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।

मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?