भारतीय नम्बरको बस र हायस एकअर्कामा ठोक्किए, हायसमा सवार यात्रु घाईते

Read Time = 4 mins

-राजनप्रसाद पौडेल
स्याङ्जा । सिद्धार्थ राजमार्गमा काठमाडौबाट गल्याङतर्फ जाँदै गरेको बा. ३ ख १००३ नं को हायस र सुनौलिबाट पोखरातर्फ जाँदै गरेको एक GJ05BX2323 नं भारतीय बस एकआपसमा ठोक्किएका छन् ।

सोमबार साँझ ५ः ५० बजेको समयमा भएको उक्त दुर्घटनामा परि स्याङजा भिरकोट न.पां ४ गौराथोक स्थित ठक्कर खाँदा हायसमा सवार बस्ने मानिसहरु घाइतेको भएका छन् ।

भारतीय बसमा सवार ४८ जना सबै सकुशल रहेका छन् भने दुबै सवारी साधन र भारतीय बस चालक प्रहरीको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ भने हाईस चालक  पुरन बोहोराकाे दुबै खुट्टामा चोटलागेका कारण पोखरातर्फ उपचारको लागि पठाईएको छ । उनकाे अवस्था खतरामुक्त छ ।

निम्न घाईतेहरूः-
प्रा.स्वा.के.वालिङ स्याङ्जामा उपचार भईरहेको छ ।
जिल्ला स्याङजा जिल्ला स्याङजा वालिङ न.पा.२ बस्ने बर्ष ३७ कि पबित्रा सोनाम, दाया खुट्टामा चोट, अवस्था मध्यम ।
ऐ.ऐ.वडा नं.९ बस्ने बर्ष ५८ को दुर्गा ब.गुरुङ, बाँया खुट्टामा चोट, अवस्था मध्यम ।
ऐ.ऐ.२ बस्ने बर्ष २३ कि मुना गुरुङ,  दुबै खुट्टामा चोट, अवस्था मध्यम ।
ऐ.ऐ.१३ बस्ने मन्जु एस. के. अनुहार कम्मरमा चोट, अवस्था मध्यम ।
ऐ.ऐ. ८ बस्ने बर्ष ३५ की सरीता रेग्मी, टाउको र खुट्टामा चोट, अवस्था मध्यम ।
ऐ.भिरकोट न.पा.हाल वालिङ न.पा.१ बस्ने बर्ष ६६ को मनसुभा नेपाली, टाउकोमा चोट ।
ऐ.चापाकोट न.पा.३ बस्ने बर्ष ४७ को बेद ब.थापा, दुबै खुट्टामा चोट, अवस्था मध्यम ।
ऐ.ऐ.४ बस्ने बर्ष ४० मिन ब.सारु, अनुहार कम्मरमा चोट, अवस्था मध्यम ।
जिल्ला पर्बत बिहादी गा.पा.४ बस्ने बर्ष ७९ को रुकमागत भुसाल, बाँया खुट्टा र कम्मरमा चोट, अवस्था मध्यम ।
ऐ.ऐ.६ बस्ने बर्ष ५३ को टेक ब.बस्याल, दुबै खुट्टामा चोट, अवस्था मध्यम ।
वालिङ न.पा.२ बस्ने बर्ष २३ कि सुमित्र थापा मगर, दुबै खुट्टा र बाया हातमा चोट, अवस्था मध्यम ।
थप उपचारको लागि पोखरातर्फ पठाईएको घाईतेहरुः-
हाईस चालक जिल्ला स्याङजा गल्याङ न.पा.बस्ने बर्ष ४० को पुरन बोहोरा, दुबै खुट्टामा चोट, मध्यम, पोखरातर्फ उपचारको लागि पठाईएको छ ।  सहचालकको नाम थर वतन नखुलेको शरीर चोट, मध्यम, पोखरा तर्फ उपचारको लागि पठाईएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?