मेस्सीको गोलमा मायमी क्वाटरफाइनलमा

Read Time = 3 mins

साउदी । लियोनल मेस्सीको गोलमा अमेरिकी क्लब इन्टर मायमीले लिग्स कप २०२३ को क्वाटरफाइनलमा स्थान बनाएको छ । एफसी डालासलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै मायमी क्वाटरफाइनलमा प्रवेश गरेको हो । डालासको घरेलु मैदानमा निर्धारित समयको खेल ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । ८३औँ मिनेटसम्म ४-२ ले अघि रहे पनि ५ मिनेटको अन्तरमा मेस्सीले लगातार दुई फ्रिकिकमा गोल गर्दै मायमीलाई अघि बढाउनुभएको थियो ।

खेलको छैटौँ मिनेटमा कप्तान मेस्सीले मायमीलाई अग्रता दिलाउनुभयो । ३७औँ मिनेटमा फाकुन्डो क्विगननले बराबरी गोल फर्काउनुभयो । पहिलो हाफको अन्तिम मिनेटमा बर्नार्ड कामुंगोले डालासलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफको ६३औँ मिनेटमा एलन भेलास्कोले ३५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल हुँदा डालास ३-१ ले अघि बढ्यो । त्यसको २ मिनेटपछि अल्बाकै पासमा क्रेमास्कीले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याउनुभयो ।

८०औँ मिनेटमा डालासका मार्को फार्फानले पनि आत्मघाती गोल गर्दा मायमीलाई पुनरागमनको बाटो खुल्यो । ८५औँ मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गर्दै खेल ४-४ को बराबरीमा ल्याउनुभयो । उहाँले पेनाल्टी क्षेत्रबाहिर दायाँ भागमा पाएको फ्रिकिकलाई टप कर्नरमा गोल गर्नुभयो । टाइब्रेकरमा मायमीका सबै ५ प्रहार गोल हुँदा डालासका लागि दोस्रो प्रहारमा पाक्सटन पोमीकाल चुक्नुभयो । मायमीका लागि मेस्सी, सर्जियो बुस्केट्स, लुइस काम्पाना, कमाल मिलर र क्रेमास्कीले गोल गर्नुभयो । मायमीले अब क्वाटरफाइनलमा भोलि हुने हृयुस्टन डाइनामो र चार्लोट एफसीबीच खेलको विजेतासँग खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?