‘आरबिबी रिक्वेष्ट रेमिट’ सुविधा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फलगायत विश्वका जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने ‘आरबिबी रिक्वेस्ट रेमिट’ सुविधा ल्याएको छ ।

आफ्नो वेबसाइट, मोबाइल बैंकिङ (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको ‘आरबिबी रिक्वेस्ट रेमिट’ बाट सजिलै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।

सुविधाअन्तर्गत विश्वका जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ र ट्रान्सफर प्रयोग गरी बैंकको ‘आरबिबी रिक्वेस्ट रेमिट’ पोेर्टलको ‘सेन्ड रेमिट’ मार्फत् रकम पठाउन सक्ने बैंकले जनाएको छ । वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यवस्था भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?