‘जुलेबी’ को गीत ‘आज मन’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी भदौ १ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘जुलेबी’ को गीत ‘आज मन’ सार्वजनिक गरिएको छ । केतन क्षेत्रीको स्वर र कोसिस क्षेत्री र केतनको शब्द तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक कार्यक्रममा निर्देशक गणेश देव, निर्माता आभा नेपाल कार्यकारी निर्माता नवीन भट्ट कलाकारहरू सुरक्षा भट्टराई, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतको उपस्थिति थियो ।

फोर क्युब इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतको अभिनय छ । चलचित्रकी निर्मात्री आभा शर्मा नेपाल हुनुहुन्छ ।

चलचित्रमा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अञ्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?