ललितपुर च्याप्टरलाई उपाधि

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ । काठमाडौंको रातोपुलस्थित भिलोसिटी एरिनामा भएको फाइनल खेलमा काठमाडौं च्याप्टरलाई ३-१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि उचालेको हो ।

ललितपुर च्याप्टरको जितमा किरणप्रताप शाह, अक्सोभ श्रेष्ठ र असीम राजभण्डारीले गोल गर्नुभएको थियो । ललितपुरका आशिष श्रेष्ठले एक गोल फर्काउनुभयो । विजेतालाई ट्रफी, मेडलसहित पुरस्कृत गरिएको थियो । केटिएम सिटीद्वारा प्रायोजित प्रतियोगितामा आयोजकसहित ललितपुर च्याप्टर, ग्लोबर सापर्स र नेपाली उद्योग युवा उद्यमी मञ्चसहितका १२ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?