नेपाल लाइफको तीनदिने सम्मेलन सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पराक्रमी गति, आक्रामक नीति भन्ने नाराका साथ जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म भएको कन्फरेन्समा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत दुई सय ३० भन्दा बढी कर्मचारीको सहभागिता थियो । कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक कृष्णराज लामिछाने, शक्तिकुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा सम्मेलन उद्घाटन गर्नुभएको थियो ।

कम्पनीका वरिष्ठ सञ्चालक अग्रवालले कम्पनीले आर्थिक मन्दीका बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा थप जोस र जाँगरसाथ कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।

सञ्चालक लामिछानेले पनि सम्पूर्ण कर्मचारीले गत आवमा गरेको योगदानका लागि धन्यवाद दिनुभयो भने अर्का सञ्चालक गोल्यानले कर्मचारीको मनोबल उच्च राख्न सञ्चालक समितिले सदैव साथ दिने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत पराजुलीले कर्मचारीलाई गत आर्थिक वर्षको कार्यसम्पादनका लागि धन्यवाद दिँदै चालु आर्थिक वर्षको व्यापार लक्ष्य पूरा गर्न लागिपर्न निर्देशन दिनुभयो । सो अवसरमा कम्पनीले गत आर्थिक वर्ष २०७९÷८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न ३७ विधामा अवार्ड प्रदान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?