शरीरमा आहार नै मधुमेहको समस्या

Read Time = 13 mins

उमेर वृद्धिसँगै खानपिनमा बढी सजग हुनुपर्छ । धेरै तातो पानी पिउनु हुन्न, पानीमा धेरै कागती राम्रो हुन्न, कडा तातो पानीले पेटमा अल्सर गराउन सक्छ । धेरै पालुंगो र धेरै कागतीले पेटमा ढुंगा बन्न सक्छ । भात कम गर्नुपर्छ, बुढ्यौलीमा भातमा दाल होइन दालमा भात हाल्ने गर्नुपर्छ । खानामा हुने चिनीको मात्रा, त्यसको मापनलाई ग्लाइको इन्डेक्स भनिन्छ । चामलमा ग्लाइकोमेटिक इन्डेक्स ७० बढी हुन्छ, धेरै केरा खानु राम्रो हुन्न । ओट्मा ६५ सम्म, त्यसैले कम सेवन गर्नुपर्छ, भट्मास बढी सेवन गर्न सकिन्छ तर दुग्ध पदार्थ कम गर्नुपर्छ, कार्बोहाइड्रेट बढी हुन्छ यसमा । आलु, मस्यौरा, रातो मासु, पिँडालु पनि कम गर्नुपर्छ, दाल, गेडागुडी सन्तुलित हुनुपर्छ, भिण्डी बढाउन सकिन्छ, काँक्रो, मूला पर्याप्त खान मिल्छ ।

आलो मकैमा ग्लाइकोमेट धेरै हुन्छ, कम खाने गर्नुपर्छ, कर्नफ्लेक्स, गहुँको रोटी कम गर्ने र दलिया खाँदा अन्य खानाको ६ भागको एक भागमात्रै खानुपर्छ । केरामा ग्लाइकोमेट ५१, सुन्तलामा ४३, अनारमा १८, अम्बामा १२, आँपमा ५६, भुइँकटरमा ६६, खरबुजामा ६२, च्याउ, ब्रोकाउली, भिँडे खुर्सानीमा १० मात्र हुन्छ भने काँक्रोमा १५, करेलामा १८, भिन्डीमा २०, सिमीमा ३२, मेवामा ६०, किबीमा ५०, अंगुरमा २५, नास्पातीमा २८, काफलमा २५, स्याउमा ३६, चनामा ४७, मुगीमा ४७, मूलामा आठ हुन्छ ।

खानाअघि र पछि डेढ दुई घण्टाको खालीमा पानी पिउनुपर्छ । बेलुका हल्का मनतातो पानी पिएर सुत्न सकिन्छ तर खाना खाएको डेढ घण्टा नभई सुत्नुहुन्न, पल्टिनु पनि हुन्न, पाचनक्षमता कम हुन्छ र सुगर पनि घट्दैन ।

दुग्ध पदार्थमा ग्लाइको कम भए पनि कार्बो बढी हुन्छ । खानामा ग्लाइकोइण्डेक्स ५५ भन्दा माथिका खानामा सचेत हुनुपर्छ, तिनले सुगरको मात्र बढाउँछन् । सुगर फ्रि बिस्कुट, पाउरोटी, बजारका तयारी बट्टाबन्दी, नुन बढी हुने सबैखालका खानेकुरा वा मैदाजन्य पदार्थ सेवन गर्नुहुन्न । अधिक कार्बोहाइड्रेट खानाले फ्याटी लिबर हुन्छ, जाम, चकलेट पनि सेवन गर्नुहुन्न, फलफूलको जुस नलिई रेसासहितकै खानुपर्छ । सुजी, सावदाना पनि मधुमेहका लागि असल होइन । स्याउमा एन्टी अक्सिडेन्ट हुन्छ, भिटामिन डीको आपूर्ति हुने हुँदा मजाले खान सकिन्छ तर फलफूल खाँदा सकेसम्म बिहान खानुपर्छ, दही र फलफूल साँझ परेपछि नखानु राम्रो हुन्छ ।

खानाअघि र पछि डेढ दुई घण्टाको खालीमा पानी पिउनुपर्छ । बेलुका हल्का मनतातो पानी पिएर सुत्न सकिन्छ तर खाना खाएको डेढ घण्टा नभई सुत्नुहुन्न, पल्टिनु पनि हुन्न, पाचनक्षमता कम हुन्छ र सुगर पनि घट्दैन । खाना पच्न दुईघण्टा समय लाग्छ, नपची पोषण रगत नलीमा पुग्दैन । हिजोआज पुरुषमा तनाव धेरै देखिन्छ, यसैले पुरुषहरू धेरै मात्रामा मधुमेह र उच्च रक्तचापमा छन् । मधुमेहका लागि अम्बा, स्याउ, काफल, नासपाती, आरुबखडा, जामुन धेरै राम्रो हो । फलफूल धेरै एकैपल्ट खानुहुन्न, अण्डा, बदाम, ओखर खान सकिन्छ । मासु कम खान सकिन्छ, माछाले बेफाइदा गर्दैन ।

आत्मा ईश्वर हो, खाना आहुती हो, देव अर्पण नहुने वस्तु शरीरलाई ग्राहृय हुन्न । खानाको बीज रोपणदेखि बाली भण्डारण, बजार, आफ्नो भान्छामा भनौँ थालमा आइपुग्दासम्म अन्न दोष हुन्छ, त्यो दोष निवारण भने वैदिक मन्त्रले हुन्छ, त्यसैले खाना खानुअघि ‘ब्रहृमार्पणं ब्रहृमहविर्बहृमाग्नौब्र्रहृमणाहुतम्, ब्रहृमैव तेन गन्तव्यं ब्रहृम कर्म समाधिना’ भन्ने मन्त्र जपेर खाना खानुपर्छ । खाना खाँदा पलेटी कसेर बस्नुपर्छ, खानाको थाललाई पहिले पानीले छेक्दै यस्तो मन्त्र पढ्नुपर्छ : अग्निना भस्मिता चैवस्तम्भेन सालिलेन च । द्दारेण चैव मार्गेण पँक्ति भेदो बुधैः स्मृतः । त्यसपछि खानालाई प्रार्थना गर्नुपर्छ, मन्त्रः अन्नं ब्रहृमा रसो विष्णुर्भोक्ता देवो महेश्वरः । दीयते पन्चभुतात्मा पाकदोषो नविद्यते ।। यति भन्दै अपसानी हाल्दै ॐ भूपतये स्वाहा, ॐ भूवनपतये स्वाहा, ॐ भूतानाम् पतये स्वाहा, अग्नये स्वाहा भन्नुपर्छ । फेरि पानीले थाल छेक्दै भन्ने मन्त्रः ॐ तद् विष्णो परमं पदम् सदा पश्यन्ति सुरयः दिवीयचक्षुरातम्, बाँकी हत्केलाको पानी भूइँमा झार्दै ॐ अमृतोपस्तरणमसि स्वाहा भन्नुपर्छ । पाँच गाँस खानामा पहिलो गाँसमा बुढी र चोरी औँलाले ॐ प्राणाय स्वाहा, बूढी र माझीले ॐ अपानाय स्वाहा, बूढी र साँहिलीले ॐ व्यानाय स्वाहा, बूढी र कान्छीले ॐ उदानाय स्वाहा भन्दै अब सबै औँलाले ॐ समानाय स्वाहा भन्दै बडा खुसीले खाना खानुपर्छ ।

शरीरमा सामान्यतया पानीको मात्रा बढाउनै पर्छ । साकार विशाल संसारमा दुई तिहाइ पानी भए झैँ सूक्ष्म शरीरमा दुई तिहाइ पानी हुन्छ । बिहान उठेर मन तातो पानी दुई-तीन गिलास पिउनु उत्तम हुन्छ ।

क्रोध, तनाव, अरूको कुरा काट्ने, ईष्र्या केही गर्नु हुन्न, नमिठो खाना भए पनि भन्नु हुन्न, तारिफ गर्नुपर्छ पकाउने, बनाउनेको हौसालाका लागि । अन्त्यमा खाना खाइसकेपछि ॐ अमृतोपिधानमसि स्वाहा भन्दै जल घुमाएर आचमनी गर्नुपर्छ । खाना खाँदा सकेसम्म नबोली खानुपर्छ, खाना खाएर उठेपछि पानी वा अन्य सामग्री तुरुन्तै सेवन गर्न हुँदैन । चार्वाकले भने ऋणं कृत्वा घृतं पिवेत् । हाम्रा पुर्खाले भने जिउ भए घ्यू पिउँला । स्वस्थ शरीर भएन भने भौतिक सबै पदार्थ निस्प्रभावी हुन्छन् । शरीरका हरेक अंगहरूलाई आहार चाहिन्छ । आहारविना कुनै प्राणी बिरलै बाँच्न सक्लान् । हाम्रा शरीरका भित्री सेलहरूलाई पनि आहार अक्सिजन आवश्यक पर्छ, सेलहरू मर्ने, नयाँ आउने पनि भइराख्छन् ।

छालालगायत सबैै अंगहरूले आफ्नो आहार लिइरहेका हुन्छन् । यिनले आहार लिने मात्रै गर्दैनन् फाल्ने काम पनि गर्छन् । श्वास प्रस्वास दैनिक २१ हजार ६ सय पटक हुन्छ । निल्दा अक्सिजन र फाल्दा कार्बनडाइअक्साइड फालिरहेको हुन्छ । बढी भएको एसिड रोमकूपहरूले बाहिर फालिरहेका हुन्छन् । शुद्ध आहारबाट मन, बुद्धि, इन्द्रिय सबैशुद्ध हुन्छ भने विकारयुक्त खाना वा हावा, पानी, परिकारबाट शरिर अशुद्ध हुन्छ, रोगी पनि । परिवेश, आहार, बिहार र वातावरण कस्तो छ मानिस त्यस्तै हुन्छ र संगतिका कारण मानिस कस्तो छ भन्ने बुझिन्छ । स्वभाव पनि फरक हुन्छ, विश्वमा करिब आठ अर्ब मानिसमा कसैसंग रूप, व्यवहार नमिल्ने देखिन्छ, स्वभाव पृथक हुनु यसको विशेषता हो ।

सात्विक, राजसी, तामसी तीन प्रकारको खानामध्ये मानिसले कुन शैलीमा नित्य आहार गर्छ, त्यसमा भर पर्छ । आहारशुद्धि हुँदा नै मन शुद्धि हुने हो मन, बुद्धि सकारात्मक भएपछि सामान्यतया परिवेश शुद्ध हुने अपेक्षा गरिन्छ तर आफूमात्र शुद्ध भएर पुग्दैन, संसार एउटै भइसकेकोले टाढा भएको मानिसलाई विज्ञानले एकै ठाउँमा जोडिसकेकाले अब व्यक्ति एक्लो शुद्ध भएर पुग्दैन, सबै परिवेश शुद्ध हुन जरुरी छ ।

शरीरमा सामान्यतया पानीको मात्रा बढाउनै पर्छ । साकार विशाल संसारमा दुई तिहाइ पानी भए झैँ सूक्ष्म शरीरमा दुई तिहाइ पानी हुन्छ । बिहान उठेर मन तातो पानी दुई-तीन गिलास पिउनु उत्तम हुन्छ, खाना खानुअघि डेढ दुई घण्टा वा खानाको डेढ दुई घण्टापछि मात्रै पानी पिउनु बेस हुन्छ । बेलुकी पानी कम पिएकै राम्रो तर सुत्नेबेला एक गिलास पानी पिएर सुत्दा हर्ट एट्याकको सम्भावना न्यून हुन्छ । २४ घण्टामा कमसेकम साढे दुई लिटर पिसाब जाने गरी पानीसहित अन्य तरल पदार्थको सेवान अनिवार्य हुन्छ ।

रगतमा सुगर बढी भएपछि छिटो पिसाब लाग्ने रातमा बढी उठ्नुपर्ने हुन सक्छ । सुगर बढी हुँदा मुख सुक्ने गर्छ भने लो सुगरमा मुख नसुक्ने पनि हुन्छ । सुगरका बिरामीले ग्लाइको इन्डेक्स कम भएका खाना खानु पर्छ, चामल, आलु, आँप, केरा आदिमा यस्तो इन्डेक्स ५० भन्दा बढी हुन्छ, ३५ इन्डेक्स आसपासका स्याउ, मौसम, मेवा आदिले राम्रो गर्छ । दाल, हरिया सागपात, गेडागुडीले फाइदा गर्छ । हिँडाइ सर्वोत्तम उपाय हो । हिँडाइले कोलोस्टोरल नियन्त्रण, चेहरामा मुस्कान, रक्तचापको सन्तुलन, जोर्नीहरू नदुख्ने, छालामा नरमपन, पेटको सफाइ, तनाव कम, सुगर लेवल, हर्मोनको सन्तुल, इम्यून क्यापासिटीको वृद्धि धेरै छन् फाइदा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. स्वास्थ्य सम्बन्धमा सबैलाई सचेत गर्ने शिक्षाप्रद लेखका लागि लेखक धन्यवादका पात्र हुनुहुन्छ।संस्कारलाई संझाउने र बुझाउने यस्ता विचारहरु आधुनिकतामा रुमलिएका आजका युवाहरुलाई पक्कै पनि जीवनशैलीमा पुनर्विचार गर्न उत्प्रेरित गर्न सक्छ।

छुटाउनुभयो कि ?