यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग् ७ विकेटले पराजित भएको छ ।

यूएईमा आजबाट सुरु भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५२ रनको सामान्य स्कोरमा समेटिएको थियो ।

पाकिस्तानका लागि साद वैजले ५० तथा अजान अविसले ५६ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै मह्मद जिसनले २० रन जोडे। बलिङतर्फ नेपालका गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको नेपालले नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए ।

त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए । यी बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपालका लागि तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६ र कप्तान देव खनालले शुन्य, गुलशन झाले १, बिशाल विक्रम केसीले १, विपिन रावलले शुन्य र सुबाश भण्डारीले ८ रन र आकाश चन्दले ५ रन बनाएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिएका थिए । जिशानले ९.२ ओभरमा एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै आमिर हसनले २ विकेट लिएका थिए । त्यस्तै उबैद शाह र अलि अस्फान्डले एक एक विकेट लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?