माता पृथिवी तत्पिता द्यौः !!

Read Time = 10 mins

✍️ गणेश लम्साल

हामी पूर्वका मानिस हौँ । हाम्रो दर्शन नै पूर्वीय दर्शन हो, जसलाई पौरस्त्य दर्शन पनि भन्ने गरिन्छ। हाम्रा संस्कार, संस्कृति, व्यवहार, आस्था, विश्वासआदि अर्थात् समग्र जीवन पद्धति नै पौरस्त्य दर्शनबाटै अभिप्रेरित छ । हाम्रा आदर्श भनेका नै हाम्रा आदिम ग्रन्थ हुन्, ती ग्रन्थका रचयिता हुन् । हामीलाई जीवनमा सन्मार्गमा लाग्न अभिप्रेरित गर्ने हाम्रा ग्रन्थहरू अमृतमय उपदेशले भरिएका छन् । समाजलाई समुन्नत बनाउनका निम्ति मार्गदर्शक बनेका छन् ।

‘वसुधैव कुटुम्बकम्’को भावाना सिकाउने हाम्रा ग्रन्थ मानवमात्रको मात्र नभएर सम्पूर्ण प्राणीकै कल्याणका लागि अभिप्रेरित गर्छन् । प्रस्तुत उक्तिले हाम्रो पूर्वीय शिक्षाको गरिमा र महत्तालाई प्रष्ट्याएको छ-
सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामयास्।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुस्ख भाग्भवेत् ।
अर्थात् सबै सुखी होऊन् ,सबै निरोगी हुन्, सबैले राम्रो देखून् र कोही पनि दुस्खभागी नबनून् । अठारै पुराणका रचयिता वेदव्यासले पनि परोपकारलाई उत्तम धर्म मानेका छन् । उनको विचार प्रस्तुत श्लोकमा प्रकटित छ :-
अष्टादशपुराणेषु व्यासस्य वचनद्वयम् ।
परोपकारपुण्याय पापाय परपीडनम् ।।
अर्थात् पुराणहरूको सारको रूपमा परोपकार नै पुण्य हो र परपीडन नै पाप हो भनिएको छ । यसरी सामाजिक आदर्शको शिक्षा दिनु नै हाम्रा ग्रन्थको विशेषता हो ।

यसै सन्दर्भमा प्रस्तुत लेखमा पूर्वीय ग्रन्थका माध्यमबाट नारीप्रतिको दृष्टिकोण नियाल्ने प्रयास गरिन्छ । नारीले समाजमा छोरी, बहिनी, दिदी, पत्नी, बुहारी, भाउजू, आमाआदिको भूमिका निभाउँछिन् । यिनै नारीको सम्मानप्रति हाम्रो पौरस्त्य दर्शन एवम् सनातन धर्म अति उदार रहेको छ। नारीलाई सम्मान गर्नका लागि अभिप्रेरित गरेको छ। हामी मनुको सन्तान हौँ त्यसलै हामीलाई मानवको ९ मनोरपत्यं पुमान् मानव स्०संज्ञा दिइएको हो ।तिनै मनु हुन्, जसले ञमनुस्मृति झ नामक नीतिमूलक धर्मग्रन्थ लेखेका छन् ।उक्त ग्रन्थको तेस्रो अध्यायमा उनले भनेका छन् :-
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवतास्।
यत्रैतास्तु न पूज्यन्ते समस्ता निष्फलास् क्रियास्।। ३/५६
अर्थात् जहाँ नारीको पूजा हुन्छ ,त्यहाँ देवता पनि रमाउँछन् । जहाँ नारीको पूजा हुँदैन त्यहाँ सम्पूर्ण कर्महरू निष्फल हुन्छन् । यहाँ पूजा भन्नाले नारीको सम्मान, सत्कार, अधिकार भन्ने बुझिन्छ त्यसैले जहाँ यी कुरा प्राप्त गरेर नारी सुखी हुन्छन् त्यहाँ देवता पनि रमाउँछन् । जहाँ नारीप्रति तिरस्कार, शोषण,दमन हुन्छ,त्यहाँ देवता पनि रुष्ट हुन्छन् भन्ने भाव बुझिन्छ । यसरी नारीको सम्मान, सत्कार र अधिकारको शिक्षा प्रदान गरिएको छ । आज समाजमा नारीमाथि शोषण,पीडन,दमन हुनुको कारण हामी आफ्नै शिक्षाबाट विमुख हुनुको परिणाम हो । हामीले आफ्नो शिक्षा र आदर्शलाई भुलेर बरालिएका छौँ। पितृसत्तात्मक सोचलाई अन्त्य गर्न र समतामूलक समाज निर्माण गर्न हाम्रै शिक्षा काफी छ । बस् त्यसलाई व्यवहारमा उतार्न जरूरी छ । हाम्रा धार्मिक ग्रन्थ र संस्कार नै नारी शोषणका लागि उद्यत बनेको बेला बेलामा आरोप लाग्ने गरेको छ । तर हामी गलत कुरालाई छाडेर अगाडि बन्नु पर्नेमा त्यसकै पछि रूमल्लिरहेका हुन्छौँ । सन्मार्गमा लाग्न अभिप्रेरित गर्ने हजारौँ कुरा हुँदा हुँदै पनि हामी नगण्य मात्रामा आएका नकारात्मक कुराप्रति बढी चासो व्यक्त गर्छौँ । त्यतैतिर धकेलिन्छौँ। नारीका बारेमा असल भावना र विचार प्रकट गरिएका अनेकौँ ग्रन्थ छन् । अनेकौँ दृष्टान्त छन् । हामीले समुन्नत समाज निर्माणका लागि त्यतापट्टि ध्यान दिनु जरूरी हुन्छ । असल कुराको अनुशरण र खराब कुराको परित्याग नै बुद्धिमानी मानिसको लक्षण हो । यही मनुस्मृति ग्रन्थलाई पनि नारी शोषणको शिक्षा दिएको आरोप लाग्ने गरेको छ । तर यसभित्रको
सकारात्मकतालाई ओझेलमा पार्ने गरिएको छ । मनुले यसै ग्रन्थकै दोस्रो अध्यायमा भनेका छन् :-
उपाध्यायान् दशाचार्य आचार्याणां शतं पिता।
सहस्रं तु पितॄन् माता गौरवेणातिरिच्यते ॥ २र१४५
अर्थात् उपाध्यायको दश गुणा आचार्य, आचार्यको सय गुणा पिता, पिताको हजार गुणा आमा गौरवशाली हुन्छिन् । उपाध्याय र आचार्य शिक्षकका भेद हुन् । यहाँ के स्पष्ट पार्न खोजिएको छ भने उपाध्याय, आचार्य, पिता अनि माता यी सबै शिक्षक नै हुन् जसले बाल(बालिकालाई शिक्षा दिएर ज्ञानी बनाउँछन्, जसमध्ये बाल(बालिका लागि ठूलो गुरु भनेको आमा नै हुन् भन्ने मनुको अभिमत छ । सन्तान्तानको प्रथम गुरु भनेकै आमा हुन् । उनकै छत्रछाँयामा सन्तानले हुर्कने र व्यक्तित्व विकास गर्ने अवसर पाउँछ । यही आमाको भूमिकालाई मनुस्मृतिले मुक्तकण्ठले प्रशंसा गरेको छ ।यसरी मनुले नारीको सम्मान, सत्कारप्रति उदार भाव प्रकट गरेका छन् । हामीलाई त्यसप्रति डोर्याउन चाहेका छन् । वेद पनि पृथ्वीलाई सिर्जानाकी प्रतीक नारी९आमा०को रूपमा हेरेको छ । वेदमा भनिएको छ -
माता पृथिवी तत्पिता द्यौस् अर्थात् पृथिवी भनेको आमा हुन् । सृष्टिकी जननी हुन् । सिर्जानाकी खानी हुन् ।

साथै नारी(आमाका)का सम्बन्धमा शंकराचार्यको विचार यसप्रकार छ:-
'कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति।'
(देव्यापराधक्षमापनस्तोत्रम् )
अर्थात् पुत्र कुपुत्र बन्ला तर माता कहिल्यै कुमाता बन्दिनन्। एउटी आमाले कहिल्यै आफ्नो सन्तानको कुभलो चाहँदिनन् । सन्तानको उन्नति र प्रगति नै हरेक आमाका लागि खुशीको कारक बन्ने गर्छ ।

नेपालकै निशान छापमा समेत प्रयोग गरिएको संस्कृतको प्रस्तुत आदर्शात्मक वाक्य नारी सम्मानसम्बन्धी शिक्षाको दरिलो प्रमाण हो -
'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।'
अर्थात्
माता र मातृभूमि स्वर्गभन्दा पनि ठूली हुन्छिन् । यसरी हाम्रा पूर्वजले माता र मातृभूमि नै हाम्रा लागि स्वर्ग हुन् भन्दै आमा र देशको महिमा गान गरेका छन् । हरेक सन्तानका लागि आमाको काख र हरेक नागरिकलाई आफ्नो देश नै स्वर्ग हो भन्ने ज्ञान दिएका छन् । आमा र देशप्रति कृतज्ञ बन्न अभिप्रेरित गरेका छन् । स्वर्ग(जहाँ सुखै सुख पाइन्छ), त्यसमा भुलेर माता र मातृभूमिलाई बिर्सन नहुने सन्देश दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?