गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृहमन्त्रालयबीच ५ बुँदे सहमति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ ।

गृहमन्त्रालय र संघर्ष समितिका प्रतिनिधीले सहमति पत्रमा आज हस्ताक्षर गरेका छन् ।

गृहमन्त्रालयको तर्फबाट सहमतिपत्रमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवी उपाध्यायको हस्ताक्षर रहेको छ ।

सरकार र संघर्ष समितिबीच भएको पाँच बुँदे सहमतिको पहिलो बुँदामा गौर घट्नाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी प्रमाणको आधारमा दोषीलाई कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने कुरा उल्लेख गरिएको छ ।

यस्तै, सहमतिको दोस्रो बुँदामा भने २०६३ साल चैत्र ७ गतेकोे गौर घट्नामा मृत्यु भइ नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६५ पौष ९ गतेको बैठकबाट शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने र उक्त घटनामा मृत्यु भएका तर शहीद घोषणा हुन छुट भएका मृत्तकहरुका हकमा शहीद घोषणाको प्रक्रिया बढाउने कुरा उल्लेख गरिएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?