कार्यव्यवस्था समितिको बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसदको कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । मंगलबार डााकिएको बैठकको एजेण्डालगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

एमालेले मंगलबारको बैठक चल्न दिने सहमति भएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक राख्नुभएको छ । बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना तथा दलहरुका प्रमुख सचेतक र सचेतक सहभागी हुनुहुन्छ ।

मंगलबार अपरान्ह ३ बजेका लागि प्रतिनिधिसभा बैठक डाकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?