मलाई लोक फ्युजनमा अलिक बढी रुचाइएको पाउँछु : सरोज, गायक

गीता अधिकारी
Read Time = 13 mins

पर्वतको फलेवास नगरपालिका-६मा बुबा रामप्रसाद श्रेष्ठ र माता धनकुमारी श्रेष्ठको कोखबाट जन्मिनुभएका सरोजकुमार श्रेष्ठ काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । सरोजकुमार श्रेष्ठ गीतसंगीतको क्षेत्रमा सरोज साजन श्रेष्ठका नामले आफ्नो ख्याति बढाइरहनु भएको छ । २०१५ मा ‘एसथ्री’ श्रोता/दर्शकमाझ एल्बम ल्याउनुभएका उहाँले निरन्तर यो क्षेत्रमा आफ्ना प्रस्तुति पस्किरहनुभएको छ । ‘पापिनी, ‘माया नयनी ताल, ‘मायाको देश, तिमी फर्किएर, मन अन्तै, महसुस गरेर हेर, रमाइलो फलेवास, छलछल, पापिनीले छाडेर गइन, चुम्दा मायाले, त्यस्तै त्यस्तै’ जस्ता एक दर्जनभन्दा बढी गीत उहाँका लोकप्रिय छन् । ‘रेलको डिब्बा’, ‘माया नयनी ताल-२ उहाँले छिट्टै श्रोता/दर्शकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । ‘माया नयनी ताल’ उहाँको सबैभन्दा कम सयमा युट्युबको ट्रेडिङमा पर्न सफल गीत हो । एजलिङ इन्टरनेशनल प्रा.लि.का कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आउनुभएका उहाँको पारिवारिक वातावरण नै संगीतमय थियो । उहाँका बुबा भजन गाउनुहुन्थ्यो । सानैदेखि गीतसंगीतको माहोलमा हुर्कनुभएका सरोज गीतसंगीत आफ्नो जीवनको अभिन्न अंगका रूपमा रहेको बताउनुहुन्छ । सबै प्रकारका गीत गाउने भए पनि आफूलाई अलिक बढी लोक फ्युजनमा रुचाइएको बताउनुहुने गायक सरोज साजन श्रेष्ठसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको अन्तरंग संवादको संक्षिप्त अंशः-

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
गीतसंगीतका क्षेत्रमै आफूलाई व्यस्त बनाउँदै आएको छु । नयाँ गीतको पनि तयारी भइरहेको छ । एजलिङ इन्टरनेशनल प्रा.लि.का कार्यमा आफूलाई व्यस्त बनाउँदै आएको छु । यसले संसारभरि अस्पतालनमा आवश्यक सामग्री सप्लाई गर्छ । नेपालमा हामीले गर्छौ । कालीगण्डकीको कथामा ‘इपिक नोवेल’ दर्शन ढुंगा उपन्यासको पनि तयारी छ ।

गीतसंगीत क्षेत्र किन रोज्नुभयो ?
मेरो सानैदेखिको लगाब हो गीतसंगीतमा । त्यसैले त अहिले यो क्षेत्रमा छु । मेरो पारिवारिक पृष्ठभूमि गीतसंगीतप्रति लगाब भएको हुनाले यो क्षेत्रतर्फ आर्कषित भएको हुँ जस्तो लाग्छ । वातावरणले पनि मान्छेलाई फरक पार्दो रहेछ सायद । सानोदेखि गीत गाउँथे । मेरो घरको वातावरण सांगीतिक थियो । बुबा भजन गाउनुहुन्थ्यो । फेरि फलेवासमा हुनेजति पनि जात्राहरू हुन्थे सबैमा हाम्रो परिवारको प्रस्तुति रहन्थ्यो । सायद मेरो जीनमै गीतसंगीत छ होला । यही माहौलमा म हुर्किए बढे । सानैदेखि गीतसंगीतको प्रभाव ममा प¥यो । यसैमा विस्तारै हेलिँदै गए । अब त मेरो अभिन्न अंग भएको छ । कहिल्यै नछुट्ने बन्धन बाधिएको छ । गायन क्षेत्रलाई जीवनपर्यन्त छाड्न सक्दिनँ । यो क्षेत्र मेरा लागि प्राण हो ।

यहाँको पहिलो औपचारिक गीत कुन थियो, हालसम्म कति जति सिर्जना श्रोता/दर्शकमाझ ल्याउनुभयो, केहीको नाम लिनुपर्दा ?
मेरो २०१५ मा ‘एसथ्री’ एल्बम श्रोता/दर्शकमाझ आएको थियो । यसमा पाँच गीत समावेश थिए । हालसम्म एक दर्जनभन्दा बढी गीत आएका छन् । ‘पापिनी, ‘माया नयनी ताल, ‘मायाको देश, तिमी फर्किएर, मन अन्तै, महसुस गरेर हेर, रमाइलो फलेवास, छलछल, पापिनीले छाडेर गइन, चुम्दा मायाले, त्यस्तै त्यस्तै’ जस्ता रहेका छन् ।

नयाँ केही आउँदै छ कि ?
‘रेलको डिब्बा’, ‘माया नयनी ताल-२’ श्रोता/दर्शकमाझ ल्याउने तयारी भइरहेको छ ।

यहाँको ‘माया नयनी ताल’ त छोटो समयमा युट्युबको ट्रेडिङमा पर्न सफल गीत हो, होइन ?
हो, ‘माया नयनी ताल’ले श्रोता/दर्शकको धेरै माया पाउन सफल भएको थियो । छोटो मसयमै युट्युबको ट्रेडिङमा पर्न सफल भएको थियो । मेरो आफ्नै शब्द, संगीत रहेको तथा विधान कार्कीको निर्देशन छ भिडियोमा । लोक पप तथा डान्सिङको फ्युजन गरिएको छ । भिडियोमा सुधीर श्रेष्ठ, रियाशा दाहाल र सुशील रेग्मीको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन तथा सुरेन बसेलको कोरियोग्राफी छ ।

आफ्नो जन्मस्थानको फलेवासलाई पर्यटन प्रबद्र्धन र आफ्नो ठाउँलाई चिनाउन यहाँले ‘भाकौला देविस्थान ए है बसौला फलेवास’ गीत पनि ल्याउनुभयो ?
यहाँले भनेजस्तै फलेवासलाई पर्यटन पबवद्र्धन र आफ्नो ठाउँलाई चिनाउन ‘भाकौला देविस्थान ए है बसौला फलेवास’ गीत श्रोता/दर्शकमाझ आएको छ । पर्वतको फलेवास नगरपालिका आफैंमा पर्यटकीय गाउँ हो । यो गाउँलाई गीतबाट पनि प्रस्तुत गरौं भनेर यसका बारेमा गीत र भिडियो बनाएर सार्वजनिक गरेका हौं । ‘रमाइलो फलेवास’मा मेरो शब्द र स्वर छ भने कल्याण सिंहको संगीत छ । फलेवासमा रहेको धार्मिक संस्कार, सांस्कृतिक पक्षहरूलाई भिडियोमा उतारिएको छ । बिरुन पुनको निर्देशन र चक्र पुल्मीको कोरियोग्राफ छ ।

यहाँले आफूलाई विभिन्न मेला महोत्सवमा सहभागी गराउँदै आउनुभएको पाइन्छ नि ?
देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा सांगीतिक प्रस्तुतिका लागि आउने निमन्त्रणमा म त्यहाँ पुगेको हुन्छु । यस्तै देशबाहिर दुबईमा पुगेर पनि आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरेको छु ।

यहाँ प्रायः कस्ता गीत गाउनुहुन्छ ?
म सबै प्रकारका गीत गाउँछु । सबै प्रकारका गीत गाउन सक्छु । तर, लोक फ्युजन अलिक बढी गाएको छु । लोक आधुनिक पप गीत गाएको छु । प्राथमिकतमा र अलिक बढी रुचाइएकोमा लोक फ्युजन रहेको पाउछु म ।

यहाँले यो क्षेत्रमा पुर्‍याएको योगदान स्वरूप विभिन्न मान सम्मान, पुरस्कार र अवार्ड पनि प्राप्त गर्न सफल हुनुभएको छ ?
निरन्तर गीतसंगीतमा आफूलाई संलग्न गराइरहँदा मानसम्मान, पुरस्कार र अवार्ड प्राप्त भएका छन् । फलेवास नगरपालिका, दुबई अन्तर्राष्ट्रिय पर्वत समाजलगायतबाट प्राप्त भएको छ । यस्तै अन्यत्रबाट पनि छन् ।

तपाईंलाई आफ्ना गीतहरू स्रोता/दर्शकमाझ पुर्‍याएपछि कस्तो अनुभूति हुनेगर्छ ?
आफ्ना सिर्जनाहरू मिडियामार्फत् स्रोता/दर्शकमाझ पुगेपछि मलाई एउटा ठूलो भारी बिसाएझैं हुन्छ । अलिकति आफ्नो जिम्मेवारी श्रोता÷दर्शकसँग साटेझैं लाग्छ अनि आफ्ना दुःख बिसाएझैं लाग्छ ।

यो क्षेत्रमा आउँन मोटिभेट गर्ने कोही थिए कि ?
पहिला त मेरो परिवार नै हो । माथि पनि भने पारिवारिक वातावरणले मलाई यो क्षेत्रमा डोर्‍याएको हो । उमेरमा सानै भए पनि गीत चाहिँ नारायण गोपाल, प्रेमध्वज प्रधान, रामकृष्ण ढकालका गीत गाउँथे । ती गीतहरू सुन्दै गाउँदै गर्दा एक दिन म पनि यस्तै बन्छु भन्ने हुन्थ्यो । अहिले श्रोता/दर्शकको मायाले प्रेरणा मिलिरहेको छ ।

आजका दिनसम्म आउँदा संघर्ष गर्नुपर्‍यो ?
कुनै पनि क्षेत्रमा संघर्ष नगरिकन सफलता त हात लाग्दैन भन्ने लाग्छ । गीतसंगीतको क्षेत्र पनि त्यस्तै हो । सुरुका दिनमा त संघर्ष गर्नु नै पर्छ । फेरि जीवन सिकाइ हो, हरेक समय नयाँ-नयाँ केही सिकिरहेका हुन्छौ हामी । मलै यो अवधिमा धेरै सिक्ने मौका पाए । अहिले पनि सिकिरहेको हुन्छ । अझ कसरी मेरा श्रोता/दर्शकलाई उत्कृष्ट रचना पस्कन सकु भन्ने लाग्छ हरदम । सुरुका दिन सबै विधामा कष्टकर नै हुन्छ त्यसलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ भन्ने लाग्छ ।

तपाईं आफूलाई सफल गायक मान्नुहुन्छ ?
सफलताको कसी के हो भन्ने कुरा हो । आफूले सबैभन्दा राम्रो गर्ने प्रयास गरिरहेको हुन्छु । मेरो क्रिएशनलाई मन पराइदिनु भएको छ त्यसैमा मैले आफ्नो सफलता देखेको छु । फेरि मलाई के लाग्छ भने चर्चामा आउँदा बितिकै सफलता पाइयो भन्ने होइन । म निरन्तर सक्रिय छु त्यही नै मेरो सफलता हो ।

केही गीत आफैंले लेख्नु पनि भएको छ र स्वर पनि । त्यस्तै व्यवसायतिर पनि हुनुहुन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ आफूलाई ?
भगवानको कृपा, साथीभाइहरूको माया र दर्शक/श्रोताको हौसला नै हो भन्छु म । मलाई हौसला दिनुभयो फेरि म आफूलाई गर्छु जस्तो पनि लाग्थ्यो अनि यो सबै सम्भव भयो । मन पराइदिनु भएको छ यहाँहरू सबैलाई आभार व्यक्त गर्छु, तपाईंहरूको यो सञ्चारमाध्यममार्फत । जहाँसमय व्यवस्थापनको कुरा छ त्यो त मिलाउनुपर्छ सबैभन्दा ठूलो इच्छाशक्ति र चहाना हो ।

अन्त्यमा ?
मेरा केही कुरा यो हिमालय टाइम्समार्फत राख्न दिनुभएकोमा आभार व्यक्त गर्दछु । तपाईंहरू माझ अझ धेरै राम्रा-राम्रा गीतसंगीत पस्कनसकु । मलाई यति धेरै माया दिनुभएकोमा यहाँहरू सबैमा हार्दिक धन्यवाद ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?