हेल्प नेपालमा तीन पाकिस्तानी खेलाडी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि पाकिस्तानका तीन खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ । गत सिजन लिगको उपविजेता बनेको हेल्प नेपालले यसपटक उपाधि जित्ने लक्ष्यसहित तीन पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेको हो ।

टोलीमा पाकिस्तानका एइमल खान, उस्मान फर्याद अली र मोहमद कसिफ नविदलाई भित्र्याएको छ । टोलीको कप्तानी दिपक थापा र उपकप्तानी सञ्जुविक्रम शाहले गर्नुहुनेछ ।

त्यसबाहेक हेल्प नेपालको टोलीमा अमृत केसी, सुरेन्द्र वाम, धिरज बस्नेत र सन्तोष महता पनि हुनुहुन्छ । टोलीको प्रशिक्षकमा उत्सव खड्का हुनुहुन्छ । सहायक प्रशिक्षकमा जितबहादुर केसी तथा व्यवस्थापकमा झम्कनारायण श्रेष्ठ रहनुभएको छ ।

क्लब च्याम्पियनसिप प्रतियोगिता असार २३ देखि ३० गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुँदैछ । क्लबले यस प्रतियोगिताका लागि झण्डै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?