दुम्सी मार्न जाँदा बन्दुक पड्केर एक पुरुषको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडामा दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर एक जना पुरुषको मृत्यु भएको छ । गाङ्गसिंङडाँडाका ४८ वर्षीय डम्बर बहादुर सारुको आफैले बोकेको बन्दुक पड्केर मृत्यु भएको हो ।

शनिबार साँझा घर नजिकै बारीमा भरुवा बन्दुक बोकी फापर खान आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर उनी लडेका थिए । अचानक चिप्लिएर लडी भरुवा बन्दुक पड्कन गई छर्राले साप्राको पछाडी पट्टि लाग्न गई सारु गम्भीर घाईते भएका थिए । घाइते भएका उनको उपचारका लागि रामपुर अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा १ नाले भरुवा बन्दुक र १ वटा भिर्ने झोला समेत फेला पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?