हेर्नेले राम्रो भने पनि डंकीको ओपनिङ कमजोर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शाहरुख खानको मुख्य अभिनय रहेको फिल्म डंकी उत्साहजनक व्यापार गर्नबाट चुकेको छ । यस वर्षको प्रदर्शनमा आएको उनको बहुप्रतिक्षीत फिल्मले पहिलो दिन घरेलु बजारमा बढीमा ३२ करोड भारुको व्यापार गरेको छ । जुन रकम यसै वर्ष प्रदर्शनमा आएको उनको फिल्म पठान र जवानको भन्दा कम हो ।

इमोसनल सोसल ड्रामा बनेको यस फिल्मका लागि पहिलो दिन १५ करोड टिकट बुकिङ भएको थियो । ट्रेड रिपोर्टसका अनुसार पहिलो दिन भारत भरी सबै भाषामा बढीमा ३२ करोडको व्यापार भएको छ । विदेशमा २२ करोडसहित पहिलो दिन ५४ करोडको व्यापार भएको हो ।

हीबार प्रदर्शनमा आएका कारण पनि यस फिल्मले व्यापारमा केही धक्का लागेको हुनसक्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।यस वर्ष बक्स अफिसमा शाहरुखले सुपरहिट फिल्मले ह्याट्रिक हान्नेमा समर्थकहरू आशावादी थिए ।

थ्री इडिएट, मुन्ना भाइ एमबीबीएस, सन्जु जस्ता फिल्म निर्देशन गरेर आलोचकबाट पनि प्रशंसा पाएका राजकुमार हिरानी र शाहरुखको सहकार्य विशेष बन्नेमा दर्शक आशावादी थिए ।

पठान र जवानभन्दा कमजोर
यो वर्ष प्रदर्शनमा आएका शाहरुखका दुई फिल्म ५०० करोड क्लबमा प्रवेश गरेका फिल्म हुन् । जवानले पहिलो दिन घरेलु बजारमा ७५ करोडको व्यापार गरेको थियो भने जवानले ५७ करोड व्यापार गरेको थियो ।

शाहरुख र राजकुमारको सहकार्य बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान गरिएको बेला व्यापार उत्साहजनक नभएको हो । डंकीको पहिलो दिनको व्यापार शाहरुखे सन् २०१३ मा प्रदर्शनमा आएको चेन्नई एक्सप्रेसको बराबर कम हो । त्यो फिल्मले ३३ करोडको ओपनिङ गरेको थियो ।

दोस्रो दिन शुक्रबार भने ९ करोडको बुकिङ भएको छ । शुक्रबारबाट प्रभासको सलार प्रदर्शनमा आएकाले आगमी दिन डंकीका लागि थप चुनौतिपूर्ण देखिन्छ ।

विदेशमा व्यापार कस्तो ?
प्रदर्शनको पहिलो दिन डंकीले विदेशी बजारमा २२ करोडको व्यापार गरेको छ । विदेशी बजारमा पनि राम्रो व्यापार गर्न छवि बनाएका शाहरुखको फिल्ले अस्ट्रेलियामा भने जवान र पठानको पनि रेकर्ड ब्रेक गरेको छ ।

त्यहाँ पहिलो दिन दुई करोड ३९ लाखको व्यापार भएको छ । त्यस्तै, यो फिल्मले उत्तर अमेरिकामा ६ करोड ३५ लाख भारुको व्यापार गरेको छ भने जर्मनीमा ७० वटा शोबाट झन्डै १ करोडको व्यापार गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?