गिरीले न्याय नपाएको भन्दै स्थानीयवासिद्वारा कर्णाली राजमार्ग बन्द

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-९ बयालकाटियाका बेपत्ता पारिएका ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै स्थानीयवासिले कर्णाली राजमार्ग बन्द गरेका छन् ।

आफन्तले गिरीको लामो समयसम्म नत लाश नै भेटियो, नत सास र न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द गरिएको हो । कर्णाली राजमार्गको चन्दननाथ नगरपालिका-९ उमगाडमा खण्डमा बन्द गरिएको छ ।

विहिबार विहानै देखि कर्णाली राजमार्ग बन्द गरेपछि जुम्लाबाट छुट्ने लामो तथा छोटो दुरीका यातायातका साधन प्रभावित भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकार दिनुभयो ।

अहिले बन्द गरिएको कर्णाली राजमार्ग खुलाउने प्रयास भई रहेको छ । थप जानकारीका लागि घटना स्थलमा सुरक्षाको टोली पुगेको छ । सडक खुलाउन लागि परेको जुम्लाका प्रजिअ घिमिरेको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?