रोनाल्डोको गोलमा अल नासर फाइनलमा

Read Time = 2 mins

साउदी । कप्तान क्रिस्टियानो रोनाल्डोको गोल मद्दतमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इराकको अल शोर्तालाई एक-शून्यले हराउँदै अल नासर उपाधि नजिक पुगेको हो ।

टोलीका लागि रोनाल्डोले एकमात्रै निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ७५औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्नुभएको थियो । पेनाल्टी क्षेत्रभित्र सेनेगलका स्टार साडियो मानेलाई लडाएपछि अल नासरले पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्नुभएको हो । रोनाल्डोले योसँगै लगातार चौथो खेलमा गोल गर्नुभयो ।

बुधबार नै भएको दोस्रो सेमिफाइनलमा अल हिलालले अल शबाबलाई हरायो । अल नासरसँग फाइनल भिडन्त पक्का गर्ने क्रममा अल हिलालले तीन-एकको जित दर्ता गरेको हो । अल हिलालका लागि मोहमद कानोले नवौँ मिनेटमा सुरुवाती गोल गर्दा इन्जुरी समयमा माल्कमले दोस्रो गोल गर्नुभयो । गुस्टाभो क्वेलारले ५६औँ मिनेटमा गोल फर्काए पनि अल हमदानले अन्तिम मिनेटमा गोल थप्दै तीन-एकको जित पक्का गर्नुभयो ।

अब अरब कपको उपाधिका लागि साउदीका दुई शीर्ष टोलीले शनिबार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा दुईपटकको च्याम्पियन अल हिलालले २८ वर्षयता उपाधि जितेको छैन भने अल नासर पहिलो जितको खोजीमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?