इण्डोनेसियाको एक प्रान्तमा एउटै सवारीसाधनमा विपरीत लिंगीलाई बस्न निषेध

Read Time = 2 mins

बन्दा आचे (इण्डोनेसिया) । इन्डोनेसियाको अति-रुढिवादी आचे प्रान्तका अधिकारीलेविपरीत लिंगीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेषगरी विवाह नगरेका विपरीत लिंगीलाई सवारी साधन र सार्वजनिक स्थानमा अलग्गै बस्न आदेश दिएका हुन् । स्थानीय सरकारले उक्त आदेश कडाइका साथ कार्यान्वयन गरिने बताउँदै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ ।

एकान्त, सार्वजनिक र सवारी साधानमा विवाह नगरेका नारीपुरुष बस्न नपाइने परिपत्र गतसाता जारी गरिएको हो । दैनिक जीवनमा इस्लामिक मूल्य मान्यता पालन गराउने प्रयासस्वरूप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटीएले बताउनुभएको छ । इस्लामिक धर्मगुरुसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उहाँले स्पष्ट गर्नुभएको छ ।

सुमात्रा टापुको उत्तरी छेउमा अवस्थित आचे इस्लामिक कानून लागू गर्ने विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुस्लिम बहुल देशको एक मात्र प्रान्त हो । व्यापक आलोचनाको बाबजुद उक्त आदेश कार्यान्वयनको प्रयास भएको छ । जकार्ताले दिएको व्यापक स्वायत्तता अन्तर्गत शरिया कानुन भएको आचेमा जुवा खेल्ने, मदिरा सेवन गर्ने र विवाह बाहिर पनि सम्बन्ध राख्नेलगायत अपराधमा सार्वजनिकरूपमा कोर्रा हानिन्छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?