कुमारीको नयाँ मुद्दती योजना

Read Time = 1 min

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधासहितको थप मुद्दती निक्षेप योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकको मुद्दती रकम दुई गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमामार्फत् जोखिम व्यवस्थापन हुनेछ ।

कुमारी जीवन बीमा टु एक्स मुद्दती खाता प्लसमा छ वर्ष आठ महिना नौ दिनमा मुद्दती रकम दुई गुणा हुनेछ । उक्त खातामा मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्नेछ ।

योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम ५० हजारदेखिको मुद्दती खाता खोल्न सक्नेछन् भने मुद्दती निक्षेपकर्ताले अधिकतम् एक करोड रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नुका साथै मुद्दती रकम दुई गुणा वृद्धि हुने बैंकले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?