संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियो : जितेन्द्र देव

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले विनाकारण संसद बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गर्नुभयो । उहाँले बुद्धिजीवि, मिडिया, अन्तर्राष्ट्रिय समूदायले समेत संसद अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको जिकीर समेत गर्नुभयो ।

सांसद देवले डेमोक्रेसीको प्राण वायु संसद भएपनि एमालेले त्यसलाई चल्न नदिएर गम्भिर समस्या खडा गरेको आरोप समेत लगाउनु भयो । उहाँले सत्तारुढ दलले पाँच वर्षनै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका बेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको तर्क समेत गर्नुभयो ।

सांसद देवले भन्नुभयो, ‘संसद भनेको लोकतन्त्रको प्राण वायु हो । यदि पार्लियामेण्ट अवरुद्ध हुन्छ । पार्लियामेण्ट निष्क्रिय हुन्छ । काम नगर्ने स्थितिमा जान्छ भने डेमोक्रेसी सिमित हुने दिशामा अगाडि बढ्छ । यो दुनियाँभरका पोलिटिकल साइेन्टिष्टहरुले स्वीकार गरेको मान्यता हो । मूल्य हो । डेमोक्रेटिक मूल्य हो, मान्यता हो । अत्यन्त दुखद् कुरा र गम्भिर कुरा, चिन्ताको विषय आज लामो समयदेखि नेपालको संसद अवरुद्ध छ । के को लागि अवरुद्ध छ ? आज अवरुद्ध गर्ने दललाई, साथीहरुलाई म प्रश्न गर्न चाहन्छु-अत्यन्त गम्भिर भएर म प्रश्न गर्न चाहन्छु-आज मिडियाहरु पल्टाएर हेर्नुस । बुुद्धिजीविहरुका कुरा सुन्नुस् । ओपिनियन मेकरर्सहरुका कुरा सुन्नुस् । अन्य दलहरुका कुरा सुन्नुस् । इन्टरनेशनल कम्युनिटीका कुरा सुन्नुस् । दिनहुँ भइराखेको छ मिडियामा । तपाईहरुलाई साथ दिएका राप्रपा, रास्वपाका कुरा सुन्नुस् । तपाईहरु दिनप्रतिदिन यो अवरुद्ध गर्ने मामलामा खिइँदै जानुभएको छ । एकल हुँदै जानुभएको छ । के को यो हुँदैछ ? के अभिष्ट पूरा गर्नका लागि यो हुँदैछ ? के राज छ, के रहस्य छ ? जब देशमा एउटा पोलिटिकल स्टयाबिलिटी दिने गठबन्धनको सरकार छ । ५ वर्ष चल्ने कुरामा कुनै शंका छैन । देशमा राजनीतिक स्थिरता छ । जनताले चाहेको पोलिटिकल स्ट्याबिलिटी, अन्तराष्ट्रिय कम्युनिटीले चाहेको पोलिटिकल स्टयोबिलिटी, त्यो आज मुलुकमा छ । पाँच वर्षसम्म यो गठबन्धन दायाँबायाँ हुँदैन भन्ने स्थिति छ । ’

त्यस अवसरमा सांसद देवले ५ वर्षसम्म मुलुक सत्तारुढ गठबन्धनकै नेतृत्व चल्ने समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?