कांग्रेस संसदीय दलको बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
सभापति शेरबहादुर देउवासहितका सांसदको उपस्थितिमा नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बसेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार सदन अवरोध गरिरहेको बेला बसेको कांग्रेसको संसदीय दलको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

सुन प्रकरण छानबिन गर्न एमालेले उच्चस्तरीय समिति गठनको माग गरेको छ तर कांग्रेससहित सत्तापक्ष यसमा तयार देखिएको छैन।

संसदीय दल बैठकमा सांसद सुनिल शर्मा पक्राउ परेकोबारे पनि कुराकानी हुनेछ।

प्रमुख सचेतक लेखकका अनुसार बैठकमा आगामी दिनमा संसद्‍मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने लयायतका विषयमा छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?