प्रहरीबाट ममाथि हातपात भयो : सुनील शर्मा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताउनु भएको छ ।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उहाँलाई पक्राउ गरेको थियो ।

शुक्रबार म्याद थपका अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी दिनुभएको हो । ‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भन्नुभयो ।

बिहीबार शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्मालाई राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?