खहरे खोला खुला गर्न कपनमा चल्यो महानगरको डोजर (तस्वीर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ ।

दुई पक्षबीचको सहमति पछि बुढानिलकण्ठ नगरपालिका- १० र काठमाडौं महानगरपालिका- ७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न महानगरले डोजर चलाएको हो ।

महानगरले बिहीबार नै उक्त क्षेत्रमा डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।

आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि खोला खोल्ने सहमति भएपछि डोजर चलाएको महानगर प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?